आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • समाज
  • बुवा सम्पर्क बिहिन, आमाले दोस्रो बिहे गरेपछि दुइभाइ अलपत्र

बुवा सम्पर्क बिहिन, आमाले दोस्रो बिहे गरेपछि दुइभाइ अलपत्र

  • मङ्लबार, फाल्गुन २९, २०८०
बुवा सम्पर्क बिहिन, आमाले दोस्रो बिहे गरेपछि दुइभाइ अलपत्र

बाजुरा– बाजुराको हिमाली गाउँपालिका ७ बाँधु बस्ने दुइ भाइ अलपत्र परेका छन् । अलपत्र पर्नेमा ५ बर्षका मानस गिरी र ४ बर्षका मनिस गिरी रहेका छन् । बुवा दल गिरी ३ बर्ष देखी सम्पर्क बिहिन रहेका छन् । आमा मिना गिरीले डेढ बर्ष पहिला अर्को बिहे गरेपछि दुइभाइ अलपत्र रहेको स्थानियले वताएका छन् ।
आमा र बुवा नभएपछि दुइभाइ बुढा बाजे बज्यैको साहारामा रहेका छन् । छोरा सम्पर्क नभएको तिन बर्ष भयो बुहारीले अर्को बिहे गरेपछि नाति पाल्न समस्या भएको बज्यै ठुमरा गिरीले वताएकी छन् । आफुलाइ अरुले पाल्ने बेला नातिहरु आफुको जिम्मा रहेको उनले वताईन् ।
मानस कक्षा १ मा र मनिस बालकक्षामा गाउँमै रहेको बिद्यालयमा पढने गरेका छन् । परिवारमा कमाउने कोही नभएपछि मानस र मनिसको पठनपाठनमा निकै समस्या भएको छ । आफुहरु काम गर्ने सक्ने अबस्था छैन्, गाउँलेलाइ मागेर परिवार पाल्ने गरेको बाजे शंकर गिरीले वताएका छन् ।
बिद्यालयमा भर्ना गरेका भएपनि नियमित बिद्यालय नआउने गरेको आएपनि स्कुल ड्रेस विना बिद्यालय आउने गरेको बिद्यालयले जनाएको छ । आर्थिक अबस्था निकै कमजोर रहेको शंकरको परिवारमा बाह्रै महिना बजारको खाद्यन्नमा भरपर्नु परेको छ । घर भन्दा बाहेक अरु जग्गा जमिन नभएको उनको परिवारमा दैनिक गुजार गर्न निकै समस्या भएको छ । छोरा हुदा केही सहज भएको थियो, परिवारमा कमाउने कोही नभएपछि परिवारनै बिच्चलीमा रहेको छ ।
छोरा दल गिरीको हराएको तिन बर्ष भयो धेरै ठाउँमा खोजतलास गरेपनि अहिले सम्म कतै सम्पर्कमा नरहेको शंकर गिरीले वताएका छन् । अलपत्र नातिलाइ पठनपाठनमा तथा पालनपोषणमा सहयोग गर्न उनले आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार