सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • शिक्षा
  • शिक्षाका निजामति कर्मचारीका लागि छात्रवृत्ति आवेदन माग

शिक्षाका निजामति कर्मचारीका लागि छात्रवृत्ति आवेदन माग

  • शुक्रबार, फाल्गुन २५, २०८०
शिक्षाका निजामति कर्मचारीका लागि छात्रवृत्ति आवेदन माग

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखाले वैदेशिक अध्ययन छात्रवृत्तिको लागि आवेदन माग गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (जनशक्ति योजना तथा विकास शाखा) ले जापान तथा कोरियामा स्नातकोत्तर र विद्यावारिधीको लागि आवेदन खुला गरेको जनाएको छ ।

निजामति सेवा ऐन तथा नियमावलीका प्रावधान र तोकिएका मापदण्ड अनुसार शिक्षा मन्त्रालय तथा अन्तर्गत कार्यरत इच्छुक निजामति कर्मचारीले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । इच्छुक उम्मेदवारले ६ चैतभित्र आवेदन दिनुपर्नेछ ।

मन्त्रालयले वाटर इन्जिनियरिङ एन्ड युटिलिटी म्यानेजमेन्छ फर फ्युचर लिडर्स, ग्लोबल एजुकेशन लिडरसीप लगायत ६ वटा शैक्षिक कार्यक्रमको लागि ४२ वटा छात्रवृत्तिमा आवेदन माग गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार