शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • टिआरसी विधेयक टुंगो लगाउन प्रचण्ड, ओली र लामिछाने तयार

टिआरसी विधेयक टुंगो लगाउन प्रचण्ड, ओली र लामिछाने तयार

  • सोमवार, फाल्गुन २१, २०८०
टिआरसी विधेयक टुंगो लगाउन प्रचण्ड, ओली र लामिछाने तयार
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)बारे छलफल गर्न सोमबार बिहानै कानुन समितिको बैठक बोलाइएको छ। प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक सोमबार बिहान ७:४५ बजेका लागि बोलाइएको हो। आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भएको छलफल लगत्तै टिआरसीबारे छलफल गर्न कानुन समितिको बैठक बोलाइएको हो। ओली र लामिछाने टिआरसी विधेयकको विषयमा लचिलो देखिएका छन्।

यसअघि एमालेले टिआरसी अघि बढाउँदा पीडित मैत्री बन्नुपर्ने भन्दै असहमति जनाएको थियो। पछिल्लो समय भने एमाले विधेयकलाई लिएर सकारात्मक देखिदै आएको छ। हाल उक्त विधेयक संसद्को कानुन समितिमा छ। आइतबार बसेको समितिको बैठकमा टिआरसी विधेयका विषयमा छलफल भएको थियो। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक टुङ्ग्याउन थप समय माग गरेका थिए। कानुनमन्त्री गुरुङले विधेयकमा धेरै विषयमा सहमति भइसकेको भए पनि केही कुरा स्पष्ट हुन जरुरी रहेको बताए। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायलाई पीडितले न्याय पाउने गरी आपसमा सहमति गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार विधेयक बनाउनुपर्नेमा जोड दिए। खवरहवबाट

चर्चामा

सम्बन्धित समाचार