शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाका संरचनाको काम ९६ प्रतिशत पूरा

स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाका संरचनाको काम ९६ प्रतिशत पूरा

  • शुक्रबार, फाल्गुन १८, २०८०
स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाका संरचनाको काम ९६ प्रतिशत पूरा

धनगढी– सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटाका संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सङ्घीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको पूर्वाधार विकास समितिले ९६ प्रतिशत भौतिक संरचना निर्माणको काम पूरा गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले झन्डै ६ अर्ब ५० करोड खर्चेर चिकित्सा शिक्षा अध्ययन तथा अस्पताल सञ्चालनका लागि भौतिक संरचना तयार पारेको छ। गेटामा प्रशासनिक भवन, अस्पताल भवन, प्रयोगशाला तथा चिकित्सा शिक्षा अध्यापनका लागि भवन तयार छन्। छात्रावास भवनहरू तथा आवासका लागि समेत भवनहरू निर्माण गरिएका छन्। प्रशासन तथा अस्पतालका लागि आवश्यक फर्निचरसमेत गरिद गरिएको छ। सडक र खानेपानी विस्तार बाहेक सबै काम पूरा भएको हो।

सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको पूर्वाधार विकास समितिले चालु आर्थिक वर्षको असारसम्म भौतिक संरचना निर्माणको काम पूरा गर्न लक्ष्य लिएको छ। खानेपानी र सडक निर्माणको काम बाहेक सबै काम सकिएकाले भौतिक प्रगतिसमेत ९६ प्रतिशत पूरा भएको छ। अहिलेसम्म झन्डै ६ अर्ब ५० करोडसम्म खर्च भएको छ।

पूर्वाधार समितिका इन्जिनियर पवन रावलका अनुसार सडक र खानेपानीको काम जारी रहेको बताए। उनले भने, सडक र खानेपानीको काम बाँकी हो। यो वर्षमा काम पूरा हुन्छ। २ वटा काम मात्र बाँकी छ। ९६ प्रतिशत काम पूरा भएको छ। ४२ वटा संरचनाहरू निर्माण हुन। ३९ वटा संरचना निर्माणको काम सकियो। असारमा सत प्रतिशत काम सकिन्छ।’

८ किलोमिटर सडक निर्माणका लागि ३६ करोड, ओभरहेड ट्याङ्कीसहितको खानेपानी विस्तारका लागि २२ करोड, पर्खाल तथा नसिर्ङग छात्रावास र चारवटा आवास निर्माणका लागि ४२ करोड, विद्युत् लाइन विस्तार तथा जडानका लागि ३५ करोड र सातवटा भवन निर्माणका लागि ८५ करोडमा ठेक्का सम्झौता गरिएको थियो।

इन्जिनियर रावलका अनुसार अस्पतालको फोहोर पानी व्यवस्थापनका लागि भने ठेक्का भएन। अस्पतालबाट आउने फोहोर पानी प्रशोधनका लागि ठेक्का नहुने भएको हो। पूर्वाधार विकास समिति खारिज भएपछि फोहोर पानी प्रशोधनको काम अलपत्र परेको हो। रावलले भने, अन्योल भयो। फोहोर मैलाको काम भएन। बाँकी काम असारमा सकिन्छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गेटामा अस्पताल सञ्चालन गरेको छ। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार