सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाजुराको जगन्नाथ गाउँपालिकामा दश शैयाको अस्पताल सञ्चालन, जनशक्ती र उपकरण अभाव

बाजुराको जगन्नाथ गाउँपालिकामा दश शैयाको अस्पताल सञ्चालन, जनशक्ती र उपकरण अभाव

  • सोमवार, फाल्गुन १४, २०८०
बाजुराको जगन्नाथ गाउँपालिकामा दश शैयाको अस्पताल सञ्चालन, जनशक्ती र उपकरण अभाव

लक्ष्मीराज पाध्याय– बाजुराको जगन्नाथ गाउँपालिकामा दश शैयाको अस्पताल संचालनमा ल्याएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा वलीले एकै साथ शिलान्यास गरेको एक स्थानिय तह एक अस्पताल अन्तरगत बनेको अस्पतालमा संचालनमा ल्याईएको हो । जिल्लाका नौ वटा स्थानिय तह मध्य जगन्नाथ गाउँपालिकाले अन्य स्थानिय तह भन्दा चाडो अस्पताल निर्माण कार्य सम्पन्न गरि संचालनमा ल्याएको छ ।
गाउँपालिकाको केन्द्र जुड्डी नजिकै निर्माण भएको अस्पतालमा हुनुपर्ने जनशक्तिी र उपकरण नहुँदा पनि संचालनमा ल्याएको जगन्नाथ गाउँपालिका अध्यक्ष कालिबहादुर शाहीले बताएका छन । दश शैया अस्पतालमा चित्किस सहितको सेवा संचालन गर्नुपर्ने भए पनि सघिंय सरकारले ब्यबस्था नगरेका कारण स्थानिय तहको जनशक्तिबाट सो अस्पताल संचालनमा ल्याएको गाउँपालिका अध्यक्ष शाहीले बताए । अस्पतालमा हुनुपर्ने डाक्टर र उपकरण नभएका कारण अस्पताल त्यतीकै हुने भएकोले हेल्थ असिस्टेन्ट र स्टाप नर्शले चलाईरहेको उनले बताए ।
दश शैया अस्पतालमा दुई जना एमबीबीएस चिकित्सक सहित २२ जना कर्मचारी कार्यरत रहने स्वास्थ्य मन्त्रालयको ब्यबस्था रहे पनि वजेट अभावका कारण ति सवै स्वास्थ्यकर्मीको ब्यवस्थापन गर्न केही चुनौति देखिएको गाउँपालिका अध्यक्ष शाहीले बताए । स्वास्थ्य मन्त्रालयलाई दरवन्दी स्वीकृत गरी वजेट ब्यवस्थापनका लागि आग्रह गरे पनि सुनुवाई नभएको अध्यक्ष शाहीको गुनासो छ । गाउँकार्यपालिकाको वंैठकले पटक पटक निणर्य गरी मन्त्रालयमा फाईल पठाईए पनि उचित सम्वोधन हुन नसकेको अध्यक्ष शाहीले बताए । मन्त्रालयबाट वजेट र दरवन्दी स्वीकृत नहुदा कर्मचारी भर्ना प्रक्रियामा समस्या हुदा कोभिडको समयमा भर्ना गरीएका कर्मचारीबाट सेवा प्रवाह गर्ने गरीएको उनले बताएका छन । दश शैया अस्पताल निर्माण गरेर सम्पन्न गरे पनि दश शैया अस्पतालले दिने सेवा नागरिकलाई कसरी दिने भन्ने चिन्ता रहेको अध्यक्ष शाहीले बताए ।
कोरोना महामारीका बेला कोरोना अस्पताल संचालन गरिएको र सो बेला स्थानिय तहले केही स्वास्थ्य कर्मीहरुको भर्ना गरेका स्वास्थ्यकर्मीबाट हाल अस्पताल संचालन गरिएको जगन्नाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र बहादुर शाहीले बताए । हाल ६ जना स्वास्थ्य कर्मी एक जना स्यिइपर र एक जना कार्यालय सहयोगी रहेका छन प्रमुख प्रशासकिय अधिकृत शाहीले भने । पालिकाले एक जना जना हेल्थ असिस्टेन्ड, एक जना स्टापनर्स, एक जना ल्याव र एक जना रेडियोलोजिस्ट र अन्य कर्मचारी गरी ६ जनाले अस्पतालमा काम गरिरहेको प्रमुख प्रशासकिय अधिकृत शाहीले बताए । संघिय सरकारबाट कर्मचारी चार्ट पठाएको भए पनि स्थानिय सरकारले त्यति जनशक्ती संचालन गर्न समस्या भएकोले संघिय सरकारले सो ब्यबस्थापन गर्न सके सो क्षेत्रमा रहेका नागरिकलाई सौलियत हुने प्रमुख प्रशासकिय अधिकृत शाहीले बताए ।
२०७८ जेठ १ गते खड्का पुणर्ा जेवी निमाणर् सेवा सुर्खेतले निमाणर् कार्यको सम्झौता गरेको थियो । सम्झौता अनुसार गएको पौषमा काम सम्पन्न हुनु पर्ने भए पनि भौगोलिक विकटताका कारण निर्माण सामाग्री समयमा आई नपुग्नु लगायतका विविध कारण एक महिना लम्बिएर माघमा भवन निर्माण कार्य सम्पन्न गरिएको गाउँपालिकाका प्रबक्ता गणेशराज गिरीले बताएका छन । वजेट अभावका कारण पालिकाबाट दरवन्दि सृजना गरी कर्मचारी पदपुर्ति गर्न नसकिएको अवस्थामा संघ र प्रदेशबाट सहयोग भएको खण्ड सजिलो हुने प्रबक्ता गिरीले बताए । तर पनि अहिले जगन्नाथ गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मीको ब्यवस्थापन गरी सेवा प्रवाह गरीरहेको प्रवक्ता गिरीले बताए ।
११ करोड ७८ लाख ४५ हजार ५ सय पंसास रुपैयाँ लागतमा अस्पतालको निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका लेखा अधिकृत दिलिप शाहीले बताए । करीव ४० लाखको हाराहारीमा भुक्तानी हुन वाकि रहे पनि निमाणर्को काम सम्वन्न गरी संचालनमा ल्याएको उनले बताए । सो अस्पतालले जगन्नाथ गाउँपालिका मात्रै नभई जिल्लाका स्वामीकार्तिक खापर पालिका र कालिकोटका केही स्थानिय तहलाई समेत उपचारमा सहज हुने विश्वास छ ।

चर्चामा

सम्बन्धित समाचार