• होमपेज
  • शिक्षा
  • बुढिनन्दा नगरपालिकाका विद्यार्थीलाई न्यानो लुगा तथा स्टेशनरी वितरण

बुढिनन्दा नगरपालिकाका विद्यार्थीलाई न्यानो लुगा तथा स्टेशनरी वितरण

  • मङ्लबार, फाल्गुन ८, २०८०
बुढिनन्दा नगरपालिकाका विद्यार्थीलाई न्यानो लुगा तथा स्टेशनरी वितरण

बाजुरा– बुढिनन्दा नगरपालिकाका हलिया, खलिया र विपन्न ९५ बालबालिकालाई न्यानो लुगा तथा स्टेशनरी बितरण गरिएको छ । बडिमालिका फाउण्डेशन नेपालको समन्वय तथा सहकार्य र नेपाल राईजिङको सहयोगमा न्यानो लुगा तथा स्टेशनरी साम्रगी वितरण गरिएको हो ।

पशुपति आधरभुत बिध्यालयका मात्र ७१ जना बालबालिकाहरुलाइ न्यानो लुगा, झोला, स्टेस्नरी लगायतका सामाग्री बितरण गरिएको बडिमालिका फाउण्डेशन नेपालका अध्यक्ष प्रकाश बहादुर सिहंले बताएका छन् । त्यसै गरी सोही नगरपालिकाका अन्य ठाउँमा गरी ९५ जना बालबालिकाहरुलाई न्यानो लुगा, झोला, स्टेस्नरी लगायतका सामाग्री वितरण गरिएको अध्यक्ष सिहंले बताएका छन ।

No description available.
बडिमालिका फाउण्डेशन र नेपाल राईजिङको सहयोगमा बुढिनन्दा नगरपालिका वडा न ६ मा रहेको पशुपती आधारभुत बिध्यायल लगायत अन्य ठाउँमा गरि ९५ जना बालबालिकाहरुलाई सहयोग गरिएको बडिमालिका फाउण्डेशन नेपालका सचिव लक्ष्मीराज पाध्यायले बताए । नेपाल राईजिङले यस अघि पनि बिभिन्न ठाउँमा भुकम्प प्रभाबित र बिपन्नहरुलाई खाध्यान्न लुगाकपडा लगायत सहयोग गर्दै आएको फाउण्डेशनका सचिव पाध्यायले बताए ।

No description available.
बुढिनन्दा नगरपालिकामा रहेका हलिया, खलिया र बिपन्न बालबालिकाहरुलाई प्रतिब्यक्ती एक जोडी लुगा, एउटा बिध्यालय झोला, कापी डड्पेन, पेन्सील म्याथमेटिक्स बक्स लगायतका साम्रगी बितरण गरिएको बडिमालिका फाउण्डेशनले जनाएको छ ।
बुढिनन्दा नगरपालिका ६ स्थित  पशुपती आधारभुत बिद्द्यालय जसमा दलित, हलिया, हलिया, खलिया तथा न्यून आय भएका अभिभावकका बालबालिका अध्ययन गर्ने बिध्यालय रहेको र बिध्यालयमा सहयोग गरेकोमा बिध्यालयका प्रधानाध्यापक टंक प्रुसाद न्यौपानेले नेपाल राईजीङ र बडिमलिका फाउण्डेनलाई धन्यबाद समेत ब्यक्त गरेका छन । भौगोलिक भूबनावटले बिध्यालयमा बिहान ढिलो घाम उदाउने र बेलुका छिटै अस्ताउने हुदा न्यानो लुगासम्म नभएका ब्यसहारा बालबालिकाहरुका लागी धेरै राहत भएको प्रअ न्यौपानेले बताए । त्यसै गरी बडिमालिका फाउण्डेशनले  सहयाेग गरेकाे भन्दै बिध्यालयका तर्फबाट सम्मान पनि गरेकाे छ ।

No description available.
पशुपती आधारभुत बिध्यालयका बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष धुर्बराज रेग्मीको अध्यक्षतामा औपचारीक कार्यक्रम संचालन गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि बुढिनन्दा नगरपालिकाका उप प्रमुख रामबहादुर बोहरा रहेका थिए । विशिष्ट अतिथी बुढिनन्दा नगरपालिकाका प्रबत्ता जंगबिर रोकाया, वडा न ६ का गजेन्द्र बहादुर शाही रहेका थिए ।

No description available.

त्यसै गरी अतिथिको रुपमा बुढिनन्द्या नगरपालिकाका सुचना अधिकारी रामदत्त न्यौपाने, बडिमालिका फाउण्डेसन नेपालका सचिब लक्ष्मीराज पाध्याय, शिक्षा बिकास तथा समन्वय इकाइ दिबा खाजाका कोल्टी इन्चार्ज धर्मराज सापकोटा, कोल्टी स्थित संचारमाध्यायमका कार्यरत पत्रकारहरु र बिध्यालय सेवा क्षेत्रका अभिभावक बिध्यार्थीहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार