बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • पहिरोका कारण मार्तडी कोल्टी सडककाे अनाइ खाेलामा १४ दिनदेखी अबरोध

पहिरोका कारण मार्तडी कोल्टी सडककाे अनाइ खाेलामा १४ दिनदेखी अबरोध

पहिराे हटाउन अझै सकस

  • आइतवार, फाल्गुन ६, २०८०
पहिरोका कारण मार्तडी कोल्टी सडककाे अनाइ खाेलामा १४ दिनदेखी अबरोध

बाजुरा– मार्तडी कोल्टी सडक अन्तरगत अनाई खोलामा गएको पहिरो हटाउन समस्या भएको छ । अनाइ खाेलामा  माघ २२ गते राति गएको पहिरो पन्छाउन स्थानियले बाधा गरेपछी समस्या भएको हो । माघ २२ गते गएको बर्षासंगै सडक भाँसिएर सडक अवरोध भएको थियो । सदरमुकाम मार्तडी  नजिकै बडिमालिका नगरपालिका ८ मा रहेको अनाई खोलामा भएको अबरोध हटाउन अझै अनिश्चित बनेको छ ।
अनाई नजिक जमिन भएका स्थानियको अवरोधका कारण सडक सुचारु गर्ने कुरामा समस्या भएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन । १०/१५ बर्ष पहिले सो क्षेत्रमा सडक खनेको भए पनि अहिले स्थानियले जग्गाको मुवाब्जा मागीरहेका कारण स्थानियले सडक अबराेध हटाउन नदिएको प्रमुख जिल्ला अधिकारी पौडलको भनाई रहेको छ ।
सहजीकरणका लागि बाजुरा उध्योग बाणिज्य संघ, ब्यापारी, स्थानियसंग छलफल गर्दा स्थानियले नमानेकाे प्रमुख जिल्ला अधिकारी  पाैडेलले बताए । बाजुरा उध्योग बाणिज्य संघले पनि सहजीकरणमा सहयोग नगरेका कारण सडक सुचारु गर्न समस्या भएकाे  प्रजिअ पौडेलले बताए । समस्या समाधन भयाे भने अबको १५ दिन भित्र सो सडकको अबरोध हटाएर समस्या समाधान गर्न सकिने प्रजिअ पौडेलले बताएका छन ।
सडक संचालनका लागि बाजुराका ब्यापारी र उध्योग बाणिज्य संघले सहयोग तथा स्थानिय संग सहजिकरण गरेको भए ढिलो हुने थिएन प्रजिअ पौडेलले बडिमालिका खवरलाई भने । यता  स्थानिय सरकारले समन्वय गरीरहेकाे भएपनि सम्बन्धित निकायले काममा ढिलासुस्ती गरेकाे बडिमालिका नगरपालिकाले जनाएकाे छ ।

सो क्षेत्रमा जमिन भएका स्थानियले जग्गाको मुवाब्जा बाफत ५० कुईन्टल चामल मागरेका छन । १०/१५ बर्ष पहिले माग्नुपर्ने भए पनि  अहिले प्रशासनले दिन नसक्ने भएकोले अवरोध हटाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई रहेको छ । सडक अबराेध हुदा काेल्टी क्षेत्रमा आवत जावतमा समस्या हुनुका साथै दैनिक उपभाेग्य साम्रगी ढुवानीमा समस्या हुने गरेकाे ब्यापारी सुरेन्द्र नाथले बताए ।

चर्चामा

सम्बन्धित समाचार