मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • शिक्षा
  • डडेलधुरा मेडिकल कलेजमा पठनपाठन सुरु

डडेलधुरा मेडिकल कलेजमा पठनपाठन सुरु

  • मङ्लबार, फाल्गुन १, २०८०
डडेलधुरा मेडिकल कलेजमा पठनपाठन सुरु

धनगढी — सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको डडेलधुरा मेडिकल कलेजले मंगलबारदेखि पठनपाठन सुरु गरेको छ ।

बिएससी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएको मेडिकल कलेजले पठनपाठन सुरु गरेको हो । मेडिकल कलेजका डिन डा. हेमनाथ जोशीले १० जनाको कोटा पाएकोमा अहिलेसम्म ८ जना विद्यार्थी भर्ना भएको बताए ।

यसैबीच अध्ययनरत विद्यार्थीहरूलाई अभिमुखीकरण गरिएको छ । डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले पढाइ सुरु गर्नुअघि विद्यार्थीलाई अभिमुखीकरण पनि गरिएको बताए । साथै कार्यक्रममा मेडिकल कलेजका अध्यापक र विद्यार्थीहरूलाई स्वागत पनि गरिएको छ ।

सरकारले डडेलधुरा अस्पताललाई मेडिकल कलेजको रूपमा सञ्चालन गर्ने घोषणा गरेपछि ५ वटा विषयको अध्यापन अनुमति मागिएको थियो । तर चिकित्सा शिक्षा आयोगले यस वर्ष भने बिएससी एमएलटी अध्ययनको अनुमति मात्रै दिएको थियो ।

एमबिबिएसको पढाइ सुरु गर्न भने डडेलधुरा अस्पताल कम्तीमा पनि तीन सय श्ययायामा स्तरोन्नति हुन आवश्यक छ । अहिले अस्पताल एक सय शय्यामा चल्दै आएको छ । तत्काल तीन सय शय्यामा अस्पताल स्तरोन्नति भए हामी ०८३ देखि एमबिबिएसको पढाइ सुरु गर्न सकिने बताइएको छ ।

मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेलधुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भएको छ । त्यसैगरी, डडेलधुरा अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेलधुरामा डिनको कार्यालय स्थापना गरिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार