• होमपेज
  • समाज
  • बाजुरामा परियोजना सकिएसँगै करोडौं खर्चेको जैतुन पनि सकियो

बाजुरामा परियोजना सकिएसँगै करोडौं खर्चेको जैतुन पनि सकियो

  • शनिबार, माघ २७, २०८०
बाजुरामा परियोजना सकिएसँगै करोडौं खर्चेको जैतुन पनि सकियो

बाजुरा —बाजुराको बुढिनन्दा नगरपालिका २ जनप्रकाश माविको मैदानमा करोडौ खर्च गरेको जैतुन अहिले अलपत्र अवस्थामा रहेको छ । जैतुनको परियोजना सकिएसँगै अहिले जैतुन पनि सकिएको हो ।

इटलियन सरकारको सहयोगमा सन् २००६ मा लगाएको जैतुन सन् २०१६ मा सफल भएको भन्दै परियोजना सकिएको थियो । तर परियोजना सकिएसँगै जैतुन पनि सकिदै गएको छ । परियोजनाले स्थानिय सरकारलाई हस्तान्तरण गरेको थियो । परियोजना सफल भएको भन्दै बाजुरामा जैतुन सम्भावना रहेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित सँगै सरकारले जैतुनका नाममा बाजुरा कार्यक्रम नै सञ्चालन गरेको थियो ।

इटलियन सरकारले बाजुरा, डोल्पा र काठमाडौ परिक्षण गरेको थियो । सो परिक्षणका लागि १४ लाख युरो खर्च भएको थियो । त्यस मध्ये ५० प्रतिशत रकम बाजुरामा खर्च भएको थियो । बाजुरामा ७ लाख युरो खर्च भएको देखिन्छ, उक्त रकम नेपाली दर हेर्ने हो भने ९ करोड १९ लाख २४ हजार हुन आउँछ । प्राविधिक सहयोग इटलियाको तुसिया युनिभरसरलको प्राविधिक सहयोग रहेको थियो ।

९ करोड बढी खर्च गरेको जैतुन अहिले बिरुवा सुकेर सकिसकेको छ भने अर्को जनप्रकाश माविका विद्यार्थीको शौच गर्ने ठाउँ बनिरहेको छ । परिक्षणका लागि कोल्टीमा लगाएको जैतुन ३.५ हेक्टर जमिनमा ६ सय ३६ विरुवा रोपेका थियो । त्यसमा २८ प्रजातिको जैतुन लगाईएको थियो । त्यो बेला २४ परजातिका विरुवा फलेको तत्कालिन परियोजना अधिकृत जनेश भण्डारीले बताए । त्यस मध्ये नेपाल सरकारलाई सफल भएको भन्दै १० जात जैतुन सिफारिस गरेको भण्डारीले बताएका छन् ।

जैतुन बाजुरामा हुने भन्दै सरकारी तथा गैरसकारी संस्थाले प्रचार प्रसार गरेका थिए । कुनै बेला जैतुनलाई कमाइ खाने भाडोको रुपमा लिएको थियो, अहिले भने जैतुन परियोजना सकिए सँगै जैतुन पनि सकिएको स्थानिय लक्ष्मण जोशीले बताएका छन् । जनप्रकाश माविको मैदानमा जैतुन सफल भएको भन्दै सरकारी तथा गैरसरकारी संस्था अन्य ठाउँमा करोडौ रुपैयाँ लगानी गरेको भएपनि उपलब्धि शुन्य भएको जोशीले बताएका छन् ।

सरकारले नेपालका १० जिल्लामा सम्भावित जैतुन खेति हुने बताएको थियो । कणर्ालीका ५ जिल्ला, सेतिका बाजुरा, बझाङ्ग, अछाम र भेरीका रुकुम र जाजरकोट रहेको बताएको छ । विश्वमा महंगो तेलका रुपमा चिनिने यो तेल नेपाली बजार प्रतिलिटर ३ हजार भन्दा माथि पर्ने गरेको छ । यो तेलबाट क्यान्सर र छालाको उपचारमा प्रयोग हुने गरेको स्वास्थ्यकर्मी बताउछन् । सामान्यतया यसको प्रयोग खान र शरिरमा घस्न समेत प्रयोग गरिन्छ ।

चर्चामा

सम्बन्धित समाचार