मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बडिमालिका
  • आर्थिक नहुँदा मनिषाले विद्यालयको शुल्क तिर्न सकिनन्

आर्थिक नहुँदा मनिषाले विद्यालयको शुल्क तिर्न सकिनन्

  • शनिबार, माघ २७, २०८०
आर्थिक नहुँदा मनिषाले विद्यालयको शुल्क तिर्न सकिनन्

बाजुरा— बाजुराको बडिमालिका नगरपालिका ६ की मनिषा बडुवालको आर्थिक अवस्था कमजोरले विद्यालयको शुल्क समेत तिर्न नसकेको बताएकी छन् । मनिषाका बुवाको २०६९ सालमा एक्कासी मृत्यु पछि अहिले मनिषाको घर खर्च धान्न समस्य भएको भन्दै सहयोगका लागि अपिल गरेकी छन् ।

बडिमालिका नगरपालिका ६ को नेपाल राष्ट्रिय मावि जडाङ्गा कक्षा १२ मा अध्यानरत मनिसाले स्कुलको शुल्क तिर्न नसकेको बताएकी छन् । मसिनाले कक्षा ११ र १२ को स्कुल फी सहित किताबको शुल्क समेत तिर्न नसकेको उनले बताइन् । श्रीमान गुमाए पछि परिवारमा खर्च चलाउन तथा तीन छोरा छोरीलाई पढाउन निकै समस्या भएको मनिषाकी आमा पार्वती बडुवालले बताइन् ।

उनले भनिन् घरमा आय श्रोत केही छैन, तीन छोरा छोरी पढाउन पनि समस्य भएको भन्दै सहयोगका लागि अपिल गरेकी छन् । मनिषाकी जेठी दिदी सम्झना बडुवाल अहिले बाजुरा क्याम्पसमा पढि रहेकी छन् भने माईली दिदी धनसराले बिहे गरिसकेकी छन् । उनका भाई उत्तम बडुवाल नेपाल राष्ट्रिय मावि जडाङ्गा कक्षा १० मा पढिरहेका छन ।

आठ कक्षासम्म कोर्ध गाउँमै पढेकी मनिषा गाउँ बाहिर गएपछि विद्यालयको शुल्क तीर्न सक्ने अवस्थामा छैनन् । सानै उमेरमा पढाईका साथ साथै बालबालिकाको हक अधिकार खोज्दै बाल क्लवको नेतृत्व गरिरहेकी मनिसालाई पढने ईच्छा हुँदा हुँदै पनि घरको आर्थिक अवस्थाले पढाइ छाड्नु पर्ने अवस्थामा पुगेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार