आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • शिक्षा
  • राष्ट्रपति रनिङ शिल्डका पदक विजेतालाई स्वामिकार्तिकले पुरस्कृत गर्यो

राष्ट्रपति रनिङ शिल्डका पदक विजेतालाई स्वामिकार्तिकले पुरस्कृत गर्यो

  • बिहिबार, माघ २५, २०८०
राष्ट्रपति रनिङ शिल्डका पदक विजेतालाई स्वामिकार्तिकले पुरस्कृत गर्यो

बाजुरा — बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकाले १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार पालिकाबाट शिल्डमा सहभागी भएका खेलाडीलाई स्वर्ण,रजत र कास्य पदक विजेतालाई नगद सहित सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् ।

खेल क्षेत्रको प्रवद्र्धन र खेलाडीलाई खेलकुदमा हौसला दिने गरी पदक विजेतालाई नगद सहित सम्मान गरेको अध्यक्ष राेकायाले बताए । पालिकाबाट छनोट भएर जिल्लास्तरिय शिल्डमा सहभागी भएर स्वर्ण पदक विजेतालाई १० हजार,रजत ८ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही ५ हजार नगद सहित सम्मान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर रोकायाले बताए ।

गाउँपालिकाले खेलमा क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने गरी नगद सहित सम्मान गरिएको बताएका छन् । बुढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको जनप्रकाश माध्यमिक विद्यालयमा भएको जिल्लास्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्डमा स्वामिकार्तिक खापर गाउँपालिकाले ६ स्वर्ण, २ रजत र ४ काश्य सहीत १२ पदक हात पारेको थियो ।

चर्चामा

सम्बन्धित समाचार