बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • प्रदेश २
  • जितपुरसिमरा उपमहानगरका वडाध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

जितपुरसिमरा उपमहानगरका वडाध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

  • बुधबार, माघ २४, २०८०
जितपुरसिमरा उपमहानगरका वडाध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं — बाराको जितपुरसिमरा उपहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष कार्कीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग ५ लाख घुस लिएको पुष्टि हुन आएकाले वडाअध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको जानकारी दिए।

कार्कीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर गरेकोले उनलाई बिगो ५ लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१०) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत माग गरेको अख्तियारले जनाएको छ।

यसअघि सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको टोलीले कार्कीलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा घुस लिएको पुष्टि भएपछि अख्तियारले कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

चर्चामा

सम्बन्धित समाचार