आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • समाज
  • बाजुराकी सुत्केरी आमाको सुर्खेतमा मृत्यु

बाजुराकी सुत्केरी आमाको सुर्खेतमा मृत्यु

  • आइतवार, माघ २१, २०८०
बाजुराकी सुत्केरी आमाको सुर्खेतमा मृत्यु

बाजुरा —बाजुराकी सुत्केरी आमाको सुर्खेतमा मृत्यु भएको छ । बाजुरा जगन्नाथ गाउँपालिका २ कि २८ बर्षिय सुकिली सार्कीको मृत्यु भएको वडा अध्यक्ष गौरी सार्कीले बताएका छन् ।

शनिवार नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल उद्धार गरिएको थियो । शनिवार सुकिली सार्कीको पेटबाट अप्रेसन मार्फत मरेको बच्चा निकालेको थियो । उपचारको क्रममा आइतवार बिहान ५ बजेतिर उनको मृत्यु भएको थियो ।

उनलाई सुत्केरी ब्यथा लाग्ने बितिकै कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ उपचार सम्भब नहुने भन्दै रिफर गरिएको थियो । सुकिलीलाइ राष्ट्रपति उत्थान कार्यक्रम मार्फत सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको थियो ।

मृतक सुकिलीलाइ गाउँपालिकाले गाडिको ब्यबस्थापन गरेर घर ल्याउन लागेको जगन्नाथ गाउँपालिकाले जनाएको छ । सुकिलीका यो भन्दा पहिला २ जना बच्चा रहेका छन् । आमाको मृत्यु पछि उनको दुइ वटा बच्चा बिच्चलीमा परेका छन् । बाजुरामा सुकिली जस्तै धेरै गर्भवती तथा सुत्केरी आमाले अकालै ज्यान गुमाउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार