बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • ग्रिन तारा नेपालद्धारा बाजुरा अस्पताललाई अल्ट्रासाउण्ड मेसिन सहयाेग

ग्रिन तारा नेपालद्धारा बाजुरा अस्पताललाई अल्ट्रासाउण्ड मेसिन सहयाेग

  • बिहिबार, माघ ११, २०८०
ग्रिन तारा नेपालद्धारा बाजुरा अस्पताललाई अल्ट्रासाउण्ड मेसिन सहयाेग

बाजुरा —ग्रीन तारा नेपालले जिल्ला अस्पताल बाजुरालाई अल्ट्रा साउण्ड मेसिन सहयाेग गरेको छ । विहिबार एक कार्यक्रका बिच ग्रीन तारा नेपालकी फिल्ड ब्यवस्थापक कविता थापाले जिल्ला अस्पताल बाजुरालाई अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरेको हो ।
ग्रीन तारा नेपालको करुणा डचल्याण्डको समन्वय र डाक्टर मेड. विन्फ्रिएदको सहयोगमा जिल्ला अस्पताल बाजुरालाई अल्ट्रा साउण्ड मेसिन हस्तान्तरण गरेको ग्रिन तारा नेपाल जिल्ला ब्यवस्थापक कविता थापाले बताईन ।

सस्थाले जिल्ला अस्पताल बाजुरालाई अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरेपछि गर्भवती महिलाहरुको स्वास्थ्य चेकजाँच, भिडियो एक्सरे लगायतका सेवाहरुमा सहजता हुने जिल्ला अस्पताल बाजुराका प्रमुख डक्टर समिता पुनले बताएकी छन ।

त्यस्तै उक्त मेसिनबाट पेटमा रहेका अंगहरू किड्नी, कलेजो, गलब्ल्याडर, प्यानक्रियाज, प्रोस्टेस्टलगायतका अंगहरू पेटको अल्ट्रासाउण्ड मार्फत गर्न सकिने स्वास्थ्यकर्मीहरु बताउँछन ।

जिल्ला अस्पताल बाजुरामा उक्त मेसिन भएपनि थप सेवा प्रवाहमा सहजता हुने अस्पताल प्रमुख डाक्टर पुनले बताइन् ।
दर्गम गाउँका अधिकांश गर्भवतीहरुलाई गर्भावस्थाको ९ महिनासम्म पनि आफ्नो पेटमा बच्चा कस्तो अवस्थामा छ भनेर महिलाहरुलाई थाहा नभएकै कारण अधिकाशं बच्चा र आमाले ज्यान गुमाउनु पर्ने अवस्था जिल्लामा छ ।

गर्भवती महिलाहरुको स्वास्थ्य चेकजाँच, नवजात शिशुको मृत्युदर र गर्वभती आमाको मृत्युदर घटाउन अल्ट्रासाउन्ड मेसीनले थप सहयोग पुर्याउने जिल्ला अस्पताल बाजुराले विश्वास गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार