बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले पार्टी सचिब थापाले दिए संगठन बिभागमा उजुरी, अधिबशेन हुने अन्योलमा

एमाले पार्टी सचिब थापाले दिए संगठन बिभागमा उजुरी, अधिबशेन हुने अन्योलमा

  • सोमवार, माघ ८, २०८०
एमाले पार्टी सचिब थापाले दिए संगठन बिभागमा उजुरी, अधिबशेन हुने अन्योलमा

बाजुरा — नेकपा एमाले बाजुरा पार्टी सचिब भरत बहादुर थापाले नेकपा एमाले केन्द्रिय कमिटिको संगठन बिभागमा उजुरी दिएका छन् । नेकपा एमाले बाजुराले कार्यवाहक अध्यक्ष बिना नै बिधान विपरित जिल्ला अधिबेशन तोकेको भन्दै उजुरी दिएको सचिब थापाले बडीमालिका खबर सँग बताएका छन् ।

संगठन बिभागमा उजुरी गरेपछि माघ २६ बाट बाजुराको कोल्टिमा हुने अधिबेशन समेत अन्योलमा रहेको एकपक्षिय नेता तथा कार्यक्रर्ताले वताएका छन् । माघ ५ गते बाजुरा इन्चार्ज भैरव बहादुर सिंहले पदाधिकारीको बैठक राख्ने भनेका थिए । सिंह बैठकका लागि भनेर बाजुरा पुगिसकेका थिए । सचिब भरत बहादुर थापाले सहभागि नहुने भएपछि बैठक स्थगित भएको थियो ।
नेकपा एमाले जिल्ला कमिटि बाजुराले प्रदेश उपाअध्यक्ष तथा जिल्ला अध्यक्ष कालि बहादुर शाहीको अध्यक्षमा एमाले बाजुराको जिल्ला अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा स्वयम भरत बहादुर थापा समेत सहभागि भएर अधिबेशन गर्ने सहमतिमा हस्ताक्षर गरेका थिए ।

नेकपा एमाले प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशी, प्रदेश सचिब रण बहादुर चन्द, केन्द्रिय सदस्य लाल बहादुर थापा, केन्द्रिय सदस्य तथा बाजुरा इन्चार्ज भैरब बहादुर सिंह समेतको सहभागितामा एमाले जिल्ला कमिटि बाजुराको बैठक सम्पन्न गरेर अधिबेशन गर्ने निर्णय गरेको थियो । प्रदेश अध्यक्ष सहितको सहभागितामा उजुरीकर्ता स्वयम सचिब भरत बहादुर थापा समेत सहमतिमा गरिएको निर्णयमा थापाले आफै संगठन बिभागमा उजुरी हालेका छन् ।

सचिब भरत बहादुर थापाले बडीमालिका खबर सँग भने प्रदेश उपाअध्यक्षमा निर्वाचित भइसकेका कालि बहादुर शाहीको अध्यक्षतामा जिल्ला कमिटिको कुनै पनि गतिबिधि गर्न नपाउने भन्दै उजुरी दिएको वताए । मैले मात्र कहाँ उजुरी दिएको छु, प्रदेश कमिटिले समेत बाजुराको निर्णयका बारेमा केन्द्रमा लिखित जवाफ मागेको थापाले थपे । नेकपा एमालेको बिधानको धारा ६७ को उपधारा ४ मा कुनै पनि कमिटिको पदाधिकारी वा सदस्यले माथिल्लो तहमा उम्मेदवार दिएमा पनि स्वतह खालि हुने ब्यस्था रहेको छ ।

बाजुरा जिल्ला कमिटि अध्यक्ष कालि बहादुर शाही र उपाअध्यक्ष भरत बुढा प्रदेश सदस्यमा निर्वाचित भइसकेको अबस्थामा कालि बहादुर शाहीको अध्यक्षतामा बैठक सञ्चालन तथा अधिबेशन गर्ने निर्णय बिधान विपरीत भएको थापाले वताएका छन् । अध्यक्ष माथिल्लो तहमा गए उपाअध्यक्षले कार्यवाहक पाउने बिधानमा उल्लेखित छ, अध्यक्ष र उपाअध्यक्ष दुबै माथिल्लो तहमा गएको खण्डमा बैठकले कार्यवाहक तोक्ने रहेको छ ।

थापाले भने आफुले कार्यवाहक पाउने भन्दा पनि बिधान तह हुनुपर्ने आफ्नो तर्क रहेको वताए । जिल्ला कमिटिको बैठकमा तपाइको सहमत हुने केन्द्रमा किन उजुरी गरेको भन्ने प्रश्नमा थापाले भने यसमा सबै पक्ष फसेको वताए । जिल्ला अधिबेशनको बैठकमा आफु अल्पमतमा परे बहुमत भएकाले बिधान विपरीत गरेको यसमा मेरो मात्र नभइ सबैको कमजोरी रहेको वताए ।

थापाले भने जिल्ला अधिबेशन तोकिएको मितीमा हुने नहुने अहिले अन्योल रहेको वताए । आफुले केन्द्रमा उजुरी गरेको छ, प्रदेश कमिटिले पनि लिखित जवाफ मागेको छ, केन्द्रले जे लिखित जवाफ दियो त्यहि अनुसार निर्णय हुने वताए । यता प्रदेश उपाअध्यक्ष कालि बहादुर शाहीले भने उजुरी गरेको सुनेका छौ, सहमति पनि गर्ने उजुरी गर्ने यो हलो अट्काएर गोरु कुट्ने काम भएको वताए ।

जिल्ला अधिबेशन तोकिएको मितिमा भन्दा एक हप्ता सर्न सक्ने शाहीले वताए । पार्टि अध्यक्ष केपी शर्माको समय नमिल्ने कारणले सर्ने सम्भाबना रहेको वताए । माघ २५ गते अध्यक्ष ओली मधेश प्रदेशको जिल्लामा हुने कार्यक्रममा सहभागि हुने रहेको छ । उहाँले २६ गते समय मिल्न नसक्ने संकेत गरेका छन्, उहाँलाइ सहभागि गराउनका लागि एक हप्ता अधिबेशन सर्न सक्ने शाहीले भनेका छन् । अरु कुनै कारणले अधिबेशन स्थिगित नहुने वताए ।

दुइ थापाको बिचको संघर्ष

नेकपा एमाले जिल्ला कमिटिमा स्थायी कमिटि सदस्य कर्ण बहादुर थापा र नेकपा एमाले केन्द्रिय सदस्य तथा अछाम इन्चार्ज लाल बहादुर थापा बिच गुटगत लडाइले असर परेको कार्यकर्ताले वताएका छन् । स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा सचिब भरत बहादुर थापालाइ कार्यवाहक बनाउन चाहान्थे ।

तर जिल्ला कमिटिमा आफै सहभागि भएका केन्द्रिय सदस्य लाल बहादुर थापा भरत बहादुर थापालाइ कार्यवाहक नदिएर सिधै जिल्ला अधिबेशन गर्न चाहान्छन् । त्यहि अनुसार जिल्ला कमिटिमा निर्णय गर्न सफल समेत भए । जिल्ला कमिटिमा आफ्नो बलियो पक्कड रहेको लाल बहादुर थापाको दाबि रहदै आएको छ । जिल्लामा एक निर्णय भयो, केन्द्रमा उजुरी परेपछि दुइ थापा बिच गुटगत लडाइ पेचिलो बन्दै गएको एक कार्यकर्ताले वताएका छन् । आफु हुने परे दुबै थापा मिल्छन्, अरु समय गुट उपगुट बनाउने काम भएको उनले थपे ।

लाल बहादुर थापा कालि बहादुर शाहीको अध्यक्षमा जिल्ला अधिबेशन गर्ने दाउमा छन् । कर्ण बहादुर थापा कार्यवाहक भरत बहादुर थापालाई बनाएर जिल्ला अधिबेशन गर्ने दाउमा छन् । बाजुरा इन्चार्ज तथा केन्द्रिय सदस्य भैरव बहादुर सिंह लाल बहादुर थापाको पक्षधरका रुपमा चिनिएका छन् । जिल्ला अधिबेशनमा दुइ थापा मिलेर एकजनालाइ अध्यक्षमा सारेमा उनका बिकल्पमा अर्को कसैले उम्मेदवारी दिन सक्ने आट कमै देखिन्छ । गत अधिबेशनमा दुबै थापाले कालि बहादुर शाहीलाइ अध्यक्ष बनाउन तयार भएपछि अध्यक्षको उम्मेदवारी दिएका लाल बहादुर ओलीको उम्मेदवारीलाइ बेवास्ता गरेर जिल्ला कमिटि घोषणा गरेका थिए ।

तर दुइ थापा बिचमा सहमत नभए भने जिल्ला अधिबशेनमा चुनाव हुने देखिन्छ । अहिलेको परिबेश हेर्दा दुइ थापाले फरक फरक उम्मेदवार अघि सारेर चुनावमा जाने देखीन्छन् । एमाले बाजुरामा कसको बाहुल्यता बनाउने तथा आफु अनुकुल जिल्ला कमिटि बनाउने भन्नेमा सतह रुपमा उनका कार्यकर्ता पनि सक्रिय रुपमा लागेका देखिन्छ । जिल्लामा दुइ थापा बिच आफु, आफु बलियो भनेर दाबि गरिरहेका बेला यो जिल्ला अधिबेशनमा कसको बाहुल्यता कति भनेर एक अर्कालाइ देखाउन चाहान्छन् ।

चर्चामा

सम्बन्धित समाचार