सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • लुम्बिनीमा एमालेको जिल्ला अधिवेशन आगामी जेठभित्र गरिने

लुम्बिनीमा एमालेको जिल्ला अधिवेशन आगामी जेठभित्र गरिने

  • शुक्रबार, माघ ५, २०८०
लुम्बिनीमा एमालेको जिल्ला अधिवेशन आगामी जेठभित्र गरिने

रुपन्देही— नेकपा एमालेले लुम्बिनीका सबै जिल्लाहरुको अधिवेशन फागुन महिनादेखि जेठसम्म गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश कमिटीको बिहीबार कपिलवस्तुको वाणगंगा २ नन्दनगरमा बसेको पहिलो सचिवालय बैठकले जेठ महिनासम्म सबै जिल्लाको अधिवेशन गर्ने र २०८० सम्मलाई सदस्यता नवीकरण गर्ने समय राख्ने निर्णय गरेको अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।

बैठकले प्रदेश सल्लाहकार चयन, जेष्ठ कम्युनिष्ट मन्चको गठन र ३१ वटा विभागलाई पूर्णता दिएको र त्यो प्रस्ताव माघ १४ गते बस्ने पूर्ण बैठकले पास गरेपछि सार्वजनिक हुने उनले जनाएका छन् ।

सचिवालय बैठकले माघभित्र सबै जिल्ला तहका र फागुनभित्र पालिका तहका प्रशिक्षण कार्यक्रम सकाउने र फागुनदेखि जिल्ला अधिवेशन थाल्ने र जेठसम्म पूरा गरिने र आशन्न राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका उम्मेदार जिताउने रणनीतिका साथ लाग्ने निर्णय भएको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले निर्धारित समय तालिकामा पार्टीका सबै तहका कमिटीले कार्यसम्पादन पूरा गरेर नमुना प्रदेश बनाउने गरी लाग्न निर्देशन गरिन् ।

उनले सदस्यता नवीकरण, सबै तहका कमिटीलाई क्रियाशील बनाउँदै पार्टी केन्द्रले बनाएको रणनीतिअनुसार जिल्ला र स्थानीय तहको नेतृत्वसँग समन्वय गरेर जान आग्रह गरेकी थिइन् । बैठकमा पोलिटब्यूरो सदस्यहरु लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, खेममान खड्का, नरुलाल चौधरी, ठाकुर गैरे केन्द्रीय सदस्य गिरीलाल न्यौपानेलगायतले धारणा राखेका थिए ।

चर्चामा

सम्बन्धित समाचार