बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • जापान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो, ५२ जना बेपत्ता

जापान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो, ५२ जना बेपत्ता

  • बिहिबार, पुस २६, २०८०
जापान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो, ५२ जना बेपत्ता

टोकियो– सन् २०२४ जनवरी १ मा जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या २१३ पुगेको स्थानीय सञ्चार माध्यामहरूले जनाएका छन् ।

बिहिबारसम्म भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावामा अझै ५२ जना बेपत्ता रहेको पुष्टि भएको छ । यसैगरी भूकम्पका कारण कम्तीमा ५६७ जना घाइते भएको सार्वजनिक प्रसारक एनएचके टेलीभिजनले जनाएको छ ।

मृत्यु हुनेमध्ये सुजु सहरमा ९८, वाजिमा ८३, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा चार, शिका र हाकुई सहरमा एक-एक जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

क्षेत्रीय सरकारले भूकम्प तथा अन्य आठ प्रकोपसँग सम्बन्धित मृत्युको समेत पुष्टि गरेको छ । भूकम्पको जोखिमबाट बाँचेका तर आर्थिक विपन्नताका कारण भूकम्पपछिको शारीरिक र मानसिक पिडा तथा चोटपटकले गर्दा मृत्युवरण गरेको सरकार क्षेत्रीय सरकारले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार