सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा हुम्लाकी सुत्केरीकाे मृत्यु

काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा हुम्लाकी सुत्केरीकाे मृत्यु

  • मङ्लबार, पुस २४, २०८०
काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा हुम्लाकी सुत्केरीकाे  मृत्यु

बाजुरा– प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा एक जना २३ वर्षिया सुत्केरी महिलाको मृत्यु भएको छ । हुम्लाको ताँजाकोट गाउँपालिका वडा नं ५ डोप्क निवासी अन्सु बुढाको उपचारका क्रममा हिजो राति १० वजे तिर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । गत १२ गते ताजाँकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिलता देखिए पछि परीवारले थप उपचारका लागि मदना स्वास्थ्य संस्थामा लगेका थिए । सुत्केरी भएको ११ दिन पछि वुढाको स्वास्थ्यमा श्वासप्रश्वास सम्वन्धि समस्या देखिए पछि थप उपचारका लागि स्वास्थ्य संस्था लगिएको ससुरा जीत बहादुर वुढाले बताए ।
उनले सुत्केरी भए देखिको वुहारी र नातिनिको अवस्था ठिक भए पनि एक्कासि वुहारीले ज्वरो आएको र टाउको दुख्यो भने पछि उपचारका लागि स्वास्थ्य संस्था लगिएको बताए । सुत्केरी अवस्थामै समस्या देखिए पछि स्वास्थ्य केन्द्र पुगेकि वुढाको उपचार सम्भव नहुने भन्दै स्वास्थ्य केन्द्रले सुविधा सम्पन्न ठाउँमा लिन रेफर गरेको थियो । तर सुविधा सम्पन्न ठाउँमा लिन नसके पछि थप उपचारका लागि उनलाई कोल्टी पुर्याईएको ससुरा जीत बहादुरले बताए ।
सोमवार दिउसो स्वास्थ्य केन्द्र कोल्टी पुर्याए पनि उपचारका क्रममा वुढाको राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिका डाक्टर रन्जीत शाहले बताए । सुत्केरी अवस्थामा अक्सिजनको मात्रा कम हुदा मृत्यु भएको डक्टर शाहले बताए ।
डाक्टर शाहले सुत्केरी अवस्थामा सामान्य तया अक्सिजनको मात्रा ९५ भन्दा माथि हुनु् पर्ने भए पनि कोल्टी पुग्दा सुत्केरी वुढाको ४९ मात्रै रहेको बताए । सुत्केरी भएको ६ हप्ता सम्म स्याहार गर्नु पर्ने भए पनि उनको स्याहार सुसारमा पनि कमि देखिएको बताए । त्यस्तै समयमा हवाई उद्धार नभएको र उपचारका लागि सुविधा सम्पन्न ठाउँमा लिन नसक्दा सुत्केरी वुढाको अकालमा ज्यान गएको स्वास्थ्यकर्मी बताउछन ।
अवस्था जटिल भए पनि सुत्केरी वुढाको समयमा उद्धार हुन सकेको थिएन । हवाई उद्धार गरी थप उपचारका लागि सुविधायुक्त ठाउँमा लिन सकिएको भए ज्यान जोगाउन सकिने डाक्टर शाहको भनाई छ । तर यता नवजात शिशुकाे अवस्था नर्मल रहेकाे स्वास्थ्यकर्मीकाे भनाइ रहेकाे छ ।

अक्सिजनको माद्यामबाटै कोल्टीमा उपचार भए पनि अवस्था जटिल हुदा समस्या भएको डिउटीमा रहकी अहेव सम्झना भण्डारीले बताइन् । अवस्था जटिल हुदा उपचारका लागि आएकि वुढालाई तत्काल रीफर गरीए पनि परीवारले समयमा उद्धार गर्न नसक्दा यस्तो समस्या निम्तीएको उनको भनाई रहेको छ । स्वास्थ्य संस्थामा सुत्केरी भए पनि चिसो मौषममा खानपान र स्वास्थ्यमा ध्यान नदिदा मृत्यु भएको स्वास्थ्यकर्मी बताउछन । घरबाट आधा घण्टाको दुरीमा रहेको स्वास्थ्य केन्द्रमा सुत्केरी भएको १३ दिन पछि वुढाको स्वास्थ्यमा फेरी समस्या आएको थियो ।
घर परीवारको लापरवाहिका कारण स्वास्थ्यमा ख्याल नदिदा र उद्धारका लागि कुनै ठाउँमा पहल नहुदा यस्तो अवस्था निम्तीएको मदना स्वास्थ्य चौकि प्रमुख धनराज ढकालले बताए ।

चर्चामा

सम्बन्धित समाचार