सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी एमालेद्वारा ६ जना सिफारिस

राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी एमालेद्वारा ६ जना सिफारिस

  • शुक्रबार, पुस २०, २०८०
राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी एमालेद्वारा ६ जना सिफारिस

बुटवल —राष्ट्रियसभा सदस्य निर्वाचनको लागि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशबाट ६ जनालाई सिफारिस गरेको छ ।

६ जनामा तीन पुरुष र तीन महिला छन् । पार्टी प्रदेश कमिटीको सचिवालय बैठकले पाल्पाका झपेन्द्र जीसी, कपिलवस्तुका सफर अलि मिया र शारदा शर्मा, बर्दियाकी कृष्णकुमारी गुरुङ, दाङकी तुलसा केसी र बाँकेकी एकमाया विश्वकर्मालाई सिफारिस गरिएको एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताए ।

नेकपा एमालेका कुमार दशौंदी र नेपाली कांग्रेसकी अनिता देवकोटाको पदावधि सकिन लागेकाले लुम्बिनी प्रदेशबाट २ सीटमा निर्वाचन हुँदैछ ।

लुम्बिनीमा एमालेसँग २ हजार ९८० मतभार छ भने नेपाली कांग्रेससँग ३ हजार १७९ र नेकपा माओवादी केन्द्रसँग १ हजार ३४३ मतभार छ । जसपासँग २७३, राप्रपासँग २६९, नेकपा एससँग ५३ र स्वतन्त्रसँग ५३ मतभार छ ।

चर्चामा

सम्बन्धित समाचार