शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • जापानमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

जापानमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

  • मङ्लबार, पुस १७, २०८०
जापानमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

जापान— जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठुलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो ।

राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताए ।

सोमवार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मको शक्तिशाली भूकम्प गएको थियो । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ । सोमवारयता जापानमा १ सय ५५ पराकम्प गएका छन् ।

चर्चामा

सम्बन्धित समाचार