शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • सन् २०२३ मा १० लाखभन्दा बढी पर्यटक नेपाल घुम्न आए, कुन देशबाट कति ?

सन् २०२३ मा १० लाखभन्दा बढी पर्यटक नेपाल घुम्न आए, कुन देशबाट कति ?

  • सोमवार, पुस १६, २०८०
सन् २०२३ मा १० लाखभन्दा बढी पर्यटक नेपाल घुम्न आए, कुन देशबाट कति ?

काठमाडौं — सन् २०२३ मा १० लाख १४ हजार ८८५ पर्यटक नेपाल घुम्न आएका छन् । अध्यागमन विभागका अनुसार यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउनेहरूको मात्र हो ।

विभागका अनुसार सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा विश्वका २१९ देश तथा क्षेत्रबाट उनीहरू नेपाल घुम्न आएका हुन् ।

नेपाल घुम्न आउने पर्यटकमा पाँच लाख ६६ हजार ६३२ जना पुरुष र चार लाख ४७ हजार ८४६ जना महिला छन् । अन्य ४०४ जनाको पहिचान खुलेको छैन ।

नेपाल आउने पर्यटकमा सबैभन्दा ठूलो संख्या भारतीयको छ । उक्त अवधिमा भारतबाट तीन लाख १९ हजार ९३६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल घुम्न आएको विभागको तथ्यांकले देखाउँछ । भारतपछि नेपाल घुम्न आउनेमा ठूलो संख्या अमेरिका, चीन, बेलायत र अष्ट्रेलियाका पर्यटकको छ ।

बितेको एक वर्षमा अमेरिकाबाट एक लाख ३५७, चीनबाट ६० हजार ८७८, बेलायतबाट ५२ हजार ८६६ र अष्ट्रेलियाबाट ३८ हजार ७९८ जना पर्यटक नेपाल घुम्न आएका छन् ।

यस्तै, सन् २०२३ मा बंगलादेशबाट ३६ हजार ४८३, जर्मनीबाट २६ हजार ९८०, थाइल्याण्डबाट २५ हजार ६७८, दक्षिण कोरियाबाट २३ हजार ७४३, फ्रान्सबाट २३ हजार १६८, श्रीलंकाबाट २१ हजार ८५१ र मलेसियाबाट १८ हजार ८०७ जना पर्यटक त्रिभुवन विमानस्थल हुँदै आएको देखिन्छ ।

जापानबाट १६ हजार ४६३, क्यानडाबाट १४ हजार ६९०, भियतनामबाट १३ हजार ८९७, इटालीबाट १२ हजार ९४८, स्पेनबाट १२ हजार ३९३, रुसबाट १२ हजार ६० र भुटानबाट ११ हजार ४५० जना वर्ष २०२३ मा नेपाल आएको विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार