सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • एक एक पाइला नेपाल र बुढीनन्दा नगरपालिकाबीच बिशषेज्ञ स्वास्थ्य उपचार सहकार्य

एक एक पाइला नेपाल र बुढीनन्दा नगरपालिकाबीच बिशषेज्ञ स्वास्थ्य उपचार सहकार्य

  • मङ्लबार, पुस १०, २०८०
एक एक पाइला नेपाल र बुढीनन्दा नगरपालिकाबीच बिशषेज्ञ स्वास्थ्य उपचार सहकार्य

बाजुरा —  एक एक पाइला नेपाल र बुढीनन्दा नगरपालिका बीच स्वास्थ्य उपचार सेवाका लागि सहकार्य गर्न सम्झौता गरिएको छ । बुढीनन्दा नगरपालिकाका नागरिकलाई निशुल्क बिशषेज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने गरि सहकार्य सहीतको सम्झौता गरिएको छ । वर्षको एक पटक अनिवार्य रुपमा एक एक पाइला नेपालले बुढीनन्दा नगरपालिकामा आएर निशुल्क बिशषेज्ञ स्वास्थ्य शिविर निशुल्क सञ्चालन गर्ने र जटिल प्रकृतिको विपन्न परिवारको विरामीलाई शल्यक्रियासम्मको उपचार सेवाका लागि समेत पालिकाको सिफारिसमा उपचार सहयोग गर्ने गरि सहमति भएको छ ।

नगरपालिकाका तर्फबाट नगर प्रमुख जनक कुमार बोहरा र एकएक पाइला नेपालका तर्फबाट डाक्टर सुमन शमसेर थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । एक एक पाइला नेपालले नेपालका दुर्गम क्षेत्रका नागरिकका लागि स्वास्थ्य उपचार सेवामा सहयोग गर्दै आएको छ । गएको बैशाखको २४ देखि २७ गतेसम्म पनि कोल्टीमा निशुल्क बिशषेज्ञ उपचार सेवा सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले बताएका छन् । पालिकाको खर्चबाट आयोजना गर्नुपर्ने शिविर अब वर्षको एक पटक मात्रै गर्नु परेको खण्डमा एक एक पाइला नेपाल आफैले आफ्नै लगानीमा गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

सम्झौता पत्रमा उल्लेख गरिए अनुसार शिविर हरेक वर्षको जेष्ठ र बैशाख मध्ये कुनै एक महिना गर्ने भनिएको छ । बुढीनन्दा नगरपालिकाले स्वास्थ्य सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान देखि एक एक पाइला नेपालसम्मका निकायसँग सहकार्य गरिरहेको छ ।

सम्झौता अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा दाँच उपचार सेवाका लागि पनि सहकार्य गर्ने सहमति गरिएको छ । हरेक बर्षको एक पटक ३ दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरि आँखा सम्बन्धि मोतिया बिन्दुको शल्यक्रिया,नाक,कान,घाँटी रोग सेवा,कानको शल्यक्रिया र दाँत रोग सेवा उपलब्ध गराउने सम्झौता पत्रमा लेखिएको छ ।

पाँच वर्षका लागि गरिएको सम्झौता कार्यान्वयन भएमा कुन्ना क्षेत्र लगायत कर्णाली प्रदेश–मुगु, हुम्ला र कालिकोट लगायतका जनताका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।  आर्थिक रुपमा अति गरिब र विपन्न समुदायका लागि यो सहमतिले ठूलो राहत हुने नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । गएको बैशाखमा शिविरमा मात्रै ४ हजार ५ सय बढीले सेवा लिएका थिए । सम्झौताले कुन्ना क्षेत्रलाई खुसीको सन्देश प्रवाह भएको छ ।

चर्चामा

सम्बन्धित समाचार