बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • संचारकर्मीमाथि अपशब्द प्रयोग गरेको प्रति पत्रकार महासंघ बाजुराको ध्यानाकर्षण

संचारकर्मीमाथि अपशब्द प्रयोग गरेको प्रति पत्रकार महासंघ बाजुराको ध्यानाकर्षण

  • आइतवार, पुस ८, २०८०
संचारकर्मीमाथि अपशब्द प्रयोग गरेको प्रति पत्रकार महासंघ बाजुराको ध्यानाकर्षण

बाजुरा —नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष पदम बहादुर सिंहले  सामाजिक संजाल फेसबुकमा भलिबल प्रशिक्षककाे सुचनाबारे राखेको धारणामा बढिग‌गा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले संचारकर्मीमाथि अपशब्द प्रयोग गरेको प्रति पत्रकार महासंघ बाजुराको ध्यानाकर्षण भएको छ ।

शनिबार पत्रकार सिंहले बुढीगंगा नगरपालिकाले खेल प्रशिक्षकको करार विज्ञापन खोलिएको भएपनि नगरपालिकाले आफ्नो वेव साइडमा राखेको, तर पालिकाका सबै वडाका सूचना पाटीमा समेत नराखिएको भन्दै सामाजिक संजालमा राखेको धारणा (स्टाटस) मा नगर प्रमुख बानियाँले संचारकर्मी माथि अपशव्द प्रयोग गरेको प्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

देशमा कानुनी शासनको स्थापना भईसक्दा पनि राज्यको चौथो अंगका रुपमा स्थापित राज्यलाई सत्मार्गको बाटोमा पुर्‍याउन आम नागरिकलाई सुचनाको हकको प्रत्याभुति दिलाउनका लागि निरन्तर रुपमा संचार माध्यम र संचारकर्मी लागि परेको कुरा अवगत गराउर्दै यस्ता अनैतिक कार्य पटक पटक हुने गरेका महासंघको ठहर छ ।

पत्रकार महासंघ बाजुरा उपाध्यक्ष संगिता तिमिल्सेनाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, जनतालाई तीन वटै तहका राज्यले गर्दै आएका हरेक गतिविधीलाई संचार माध्यममा सम्प्रषेण गर्नु पत्रकारको धर्म नै हो । तर जिल्लाका जनप्रतिनिधीहरुले संचार माध्यम र संचारकर्मीहरुलाई गर्ने विभेद तथा गैर जिम्मेवारी अभिव्यक्तिप्रति महासंघ खेद प्रकट गर्दछ । संचार माध्यम र पत्रकारले लेखेका कुरा चित्त नबुझेमा कानुनी प्रक्रिया हुँदाहुँदै पनि पत्रकार माथि गरिएको अन्यायप्रति महासंघ बाजुरा शाखा घोर भत्र्सना भएको उपाध्यक्ष संगिता तिमिल्सेनाले बताएकी छन ।

पत्रकार माथि हुने विभिन्न खालका आक्रमण तथा अन्यायहरु महासंघ सहेर बस्न नसक्ने र यस्ता कार्य नसच्याए महासंघ कानुनी बाटोसंगै चरणवद्ध आन्दोलन गर्न बाध्य हुने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सामाजिक सञ्जालमा पत्रकार सिंहले नगरपालिकामा खेल प्रशिक्षकको बिषयमा राखेको धारणमा कमेन्ट गर्दै नगर प्रमुख बानियाँले  संचारकर्मीमाथि  अपशब्द प्रयोग गरेको भन्दै बानियाको चौतर्फी आलोचना भइरहेको छ ।

पत्रकार सिंह नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका उपाध्यक्ष, बडीमालिका खबर डटकमका सम्पादक र अन्नपुर्ण पोष्ट दैनिक बाजुरा समाचारदाता हुन् ।

No description available.

चर्चामा

सम्बन्धित समाचार