बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकाका बाढी पहिरो पिडितले ४ बर्षसम्म पनि पाएन क्षेतिपूर्ति

बडिमालिकाका बाढी पहिरो पिडितले ४ बर्षसम्म पनि पाएन क्षेतिपूर्ति

  • बिहिबार, पुस ५, २०८०
बडिमालिकाका बाढी पहिरो पिडितले ४ बर्षसम्म पनि पाएन क्षेतिपूर्ति

बाजुरा —बडिमालिका नगरपालिकाका बाढी पहिरो पिडितहरुले ४ बर्षसम्म पनि क्षेतिपुर्ति नपाएको भन्दै प्रशासनमा धर्ना दिएका छन । नगरपालिकाको वडा नंः २ घागर र जुगाडा, वडा नंः ४ को रिला, ६ को जड्ंगा र ९ को चौराटी खेत वस्तीका ३७ बाढी पहिरो पिडित घर परिवारले अहिलेसम्म कतैबाट क्षेतिपुर्ति नपाएको भन्दै विहिबार जिल्ला प्रशासन कार्यालय बाजुरामा धर्ना दिएका हुन ।

२०७७ साउन २५ गते राति अबिरल बर्षसंगै आएका बाढी पहिरोले उक्त ४ वडाका ३७ परिवारको घर जग्गा जमिन बगाएपछि अहिलेसम्म कतैबाट क्षेतिपुर्ति नपाएको उनिहरुले गुनासो गरेका छन । बाढी पहिरोले घरवार बिहिन बनाएको करिब चार बर्ष बितिसक्दा पनि अहिलेसम्म टिन तथा त्रिपाल हालेर बसिरहेका बाढी पहिरो पिडित गोपाल महतले बताएका छन ।

जिल्ला प्रशासन कार्यालयले पटक पटक तपाईहरुको रकम आउँछ भन्दै आस्वाशन दिदै आएको भएपनि पछि विभिन्न कारण देखाउँदै फिर्ता पठाउने गरेको उनिहरुले आरोप लगाएका छन । संघ, प्रदेश र नगरपालिकाले रकम जिल्लाको दैविक प्रकोप कोषमा पठाइसकेको भएपनि प्रशासनले भने आफ्नो क्षेतिपुर्तिको रकम दिन व्यवस्ता गरिरहेको आरोप उनिहरुले लगाएका छन ।

बाढी पहिरो पिडित हर्क महतले भने घरमा आर्थिक अवस्था नाजुक छ, केहि महिना अगाडी रोजगारीका लागि भारत जाने लागे तर अबको एक दुई दिनमै क्षेतिपुर्तिको रकम आउँछ भन्यो तर अहिलेसम्म आएन् मेरो परिवार टिनको छानोमा बसिरहेका छौ ।

उनिहरुले बाढी पहिरोको क्षेतिपुर्ति रकम नपाएको भन्दै आज प्रशासनमा सामान्य धर्ना दिएपनि माग सुनुवाई नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन । यस बिषयमा सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमिल्सेनाले भने अहिले प्रकिया कहाँसम्म पुगेको छ बझ्छौ र कोषको खाता हेर्ने कर्मचारी नभएकाले अर्को दिन पुन प्रशासनमा आउन पिडितहरुलाई आग्रह गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार