सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • किसान सुचिकरण गर्न बुढीनन्दासंग स्थानीय खाध्य अधिकार संजालको छलफल

किसान सुचिकरण गर्न बुढीनन्दासंग स्थानीय खाध्य अधिकार संजालको छलफल

  • मङ्लबार, पुस ३, २०८०
किसान सुचिकरण गर्न बुढीनन्दासंग स्थानीय खाध्य अधिकार संजालको छलफल

बाजुरा —बुढीनन्दा नगरपालिकासंग स्थानीय खाध्य अधिकार संजालले किसान सुचिकरणका बिषयमा छलफल गरेको छ । नगरपालिका भित्र रहेका खास किसान पहिचान गर्ने उद्देश्य सहित पालिकाका कृर्षकको सुचिकरणका बिषयमा छलफल भएको संजालका अध्यक्ष महेश कार्कीले बताएका छन ।

नगरपालिकामा वास्तविक किसान पहिचान गरी नगरपालिकाले परिचयपत्र उपलब्ध गराउने गरी छलफल भएको फियान नेपाल बाजुरा कार्यक्रम संयोजक सविता थापाले बताइन् ।

छलफलमा नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख नन्दबहादुर रोकायाले किसान सुचिकरण सम्बन्धी निर्दैशिका २०७७ अनुसार स्थानीय सरकारले आफ्नो कार्यक्रममा रहेको र किसानको सुचिकरण गर्न कार्यपालिकाको बैठकमा छलफल गर्ने बताए । साथै सोहि कार्यक्रममा खाध्य अधिकार हननका बिषयमा समेत अन्तक्रिया गरीएको छ ।

बुढीनन्दा नगरपालिका स्थानीय खाध्य अधिकार संजालका अध्यक्ष महेश कार्कीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि बुढीनन्दा नगरपालिकाका कार्यवाहक नगर प्रमुख नन्दबहादुर रोकाया रहेका थिए । कार्यक्रममा बुढीनन्दा नगरपालिका–३ का अध्यक्ष तथा नगर प्रबक्ता जंगवीर रोकाया, ४ का अध्यक्ष जुलफे रोकाया, ६ का अध्यक्ष गजेन्द्र बहादुर शाही, ९ का अध्यक्ष मानबहादुर रावत प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाह, फियान नेपाल बाजुरा कार्यक्रम संयोजक सविता थापा नगर भित्र संचालित सम्पूर्ण गैह्र सरकारी संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार