शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • राजनीति
  • गाउँ गाउँमा विकास पुर्‍याएका छौं तर विकास देख्न नसक्नेहरु धमिँलो पानीमा माछा मार्न खोज्दै छन- सांसद शाही

गाउँ गाउँमा विकास पुर्‍याएका छौं तर विकास देख्न नसक्नेहरु धमिँलो पानीमा माछा मार्न खोज्दै छन- सांसद शाही

  • सोमवार, पुस २, २०८०
गाउँ गाउँमा विकास पुर्‍याएका छौं तर विकास देख्न नसक्नेहरु धमिँलो पानीमा माछा मार्न खोज्दै छन- सांसद शाही

बाजुरा —सुदुरपिश्चम प्रदेश सभा सदस्य तथा बाजुरा निर्वाचन क्षेत्र ख बाट निर्वाचित सांसद पदम बहादुर शाहीले देशमा बहुदलिय व्यवस्थाले विकासको गति धेरै माथि पुगिसकेको बताएका छन ।

देशमा बहुदलिय व्यवस्थापश्चात शान्ति सम्झौता पछि देशमा विकासका बाटाहरु खोलिएसंगै नागरिहरुले सुख सुविधाका साथ जिवनयापन. गर्ने अवस्था भएको बताएका छन । आइतबार सदरमुकाम मार्तडीमा बडिमालिका नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै सांसद शाहिले भने घरघरमा सिंहदरवारको रुपमा स्थानिय सरकार पुग्यो, गाउँ गाउँमा विकास पुगेको बताए ।

उनले भने बहुदलिय व्यवस्था र बर्तमान परिपाटीले नागरिकहरुले सहज रुपमा विकासका पुर्वाधार सहजै रुपमा पाइरहेका बताए । अहिले गाउँ गाउँमा बाटो, सडक, पानी पुगिसकेको छ, अब विकासका कुन तह बाकी छ? भन्दै शाहीले प्रश्न गरेका छन । त्यस्तै विकास देख्न नसक्नेहरुले धमिँलो पानीमा माछा मार्न खोजिरहेका छन भने स्थायित्वलाई अपहरण गर्न लागेका र विकासलाई खलबल्याउनका लागि अनेकौ षडयन्त्र रचिरहेका सांसद शाहीले आरोप लगाएका छन ।

त्यस्तै देशको विकासका लागि सर्बै दल एक जुट हुनु पर्ने भन्दै बाजुरामा पनि विकासको गति बढिरहेको र केहि कमिकमजोरी भए आगामी बर्षमा सुधार्ने सांसद शाहीले बताएका छन । त्यस्तै जिल्लाको विकासका लागि आफु सबैसंग समन्वय गर्दै काम गर्न सांसद शाहीले प्रतिबद्धता जनाएका छन ।

चर्चामा

सम्बन्धित समाचार