सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • राना प्रधानको गीत ‘सुस्त सुस्त’ सार्वजनिक

राना प्रधानको गीत ‘सुस्त सुस्त’ सार्वजनिक

  • बुधबार, मंसिर २७, २०८०
राना प्रधानको गीत ‘सुस्त सुस्त’ सार्वजनिक

काठमाडौँ —डा. नारद पोखरेलको शब्द तथा गायिका संगीता राना प्रधानको स्वर रहेको नयाँ गीत ‘सुस्त सुस्त’ सार्वजनिक भएको छ । लभ एण्ड सपोर्ट फाउन्डेशनको आयोजनामा आयोजित एक कार्यक्रमबिच गीत सार्वजनिक भएको हो ।

गीतको म्युजिक एरेन्जर चन्द सिंह र म्युजिक कम्पोजर मनोज राई रहेका छन् । एसएस रेकर्डिङ स्टुडियो युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो पनि छिटै तयार गरिने लभ एण्ड सपोर्ट फाउन्डेशनले जनाएको छ ।

एसएस रेकर्डिङ स्टुडियो युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो पनि छिटै तयार गरिने लभ एण्ड सपोर्ट फाउन्डेशनले जनाएको छ । अमेरिकाको नर्थ क्यारोलिनामा प्रधान कार्यालय रहेको फाउन्डेशन नेपाल, भारत लगायतका देशमा पनि सक्रिय रहेको छ ।

विश्वभर छरिएर रहेका नेपालीहरूका लागि सहयोगी भूमिका निर्वाह गर्ने उद्देश्य रहेको फाउन्डेशनको नेपाल र भारतको सिक्किमस्थित शाखाको संयुक्त पहलमा संगीत क्षेत्रका शिखर पुरुष अम्बर गुरुङको सालिक गत नोबेम्भरमा अनावरण गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार