आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

  • मङ्लबार, मंसिर २६, २०८०
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

काठमाडौं  नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् ।

उद्योगमन्त्री रमेश रिजालले थानीले राजीनामा दिएको पुष्टि गरे । उनले भने, ‘आज ४ बजे मन्त्रालयमा आउनु भएको थियो । भोलिको दिनदेखि स्वीकृत हुने गरी राजीनामा पत्र बुझाउनु भएको छ ।’

थानीले राजीनामाको कारण भने नखुलाएको मन्त्री रिजालले बताए । थानीले ‘स्वतन्त्र रुपमा बस्न चाहन्छु’ भनेपछि आफूले राजीनामा स्वीकृत गरेको उनको भनाइ छ । निगममा २१ महिना बिताएर कार्यकाल सकिनु १५ महिना अगाबै थानीले पदबाट राजीनामा दिएका हुन् ।

थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।

चर्चामा

सम्बन्धित समाचार