बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका- ८ मा लैङ्गिक हिंसा रोकथामका लागि देउडा कार्यक्रम सम्पन्न

बडिमालिका- ८ मा लैङ्गिक हिंसा रोकथामका लागि देउडा कार्यक्रम सम्पन्न

  • शनिबार, मंसिर २३, २०८०
बडिमालिका- ८ मा लैङ्गिक हिंसा रोकथामका लागि देउडा कार्यक्रम सम्पन्न

बाजुरा —बडिमालिका नगरपालिका वडा नंः ८ मा लैङ्गिक हिंसा रोकथामका लागि सचेतनामूलक देउडा कार्यक्रम सम्पन्न भएको छ ।
लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना – दोस्रो चरण अन्तर्गत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा वडा कार्यालयले देउडा कार्यक्रम गरेको हो ।

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने मुल नाराका साथ हरेक बर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न कार्यक्रम गरेर बनाइने गरिन्छ ।

सोहि अवसरमा ८ नंः वडा कार्यालयको आयोजना र पिसविन नेपा, भिएसो सिएमसीको सहयोग तथा सहकार्यमा वडामा देउडा कार्यक्रम गरिएको वडा अध्यक्ष चन्द्र बहादुर थापाले बताएका छन । उक्त कार्यक्रममा वडा भरिका विभिन्न महिला समुहहरुले लैङ्गिक हिंसा सम्बन्धी गितमा देउडा लगाएका थिए । वडाका १० वटा महिला तथा आम समुहले सचेतनामूलक गितमा देउडा लगाएका थिए ।

लैङ्गिक हिंसाको प्रतिकार तथा उपचारका बारेमा संविधानमा नै प्रष्ट उल्लेख गरिएकाले हाम्रो घर तथा समाजमा हुने लैङ्गिक तथा घरेलु हिंसा महिला वा पुरुष दुवैलाई हुने गरेको भन्दै यसलाई कसैले पनि सहेर नबस्न कार्यक्रमका विशिष्ट अथिति तथा नेपाल विद्यार्थी संघ बाजुराका अध्यक्ष जनक थापाले आग्रह गरेका छन ।

त्यसै गरि लैङ्गिक हिंसामा महिला वा पुरुष दुवै प्रथावित हुने भएकाले सबैले आफ्नो कर्तव्य र अधिकारलाई बुझ्दै यस्ता हिंसा रोक्न सबैलाई एक जुटका साथ लाग्नुपर्ने नेकपा एमाले प्रदेश कमिटि सदस्य गगन रावलले बताए ।

त्यस्तै लैङ्गिक हिंसाको अभियानमा गरिने कार्यक्रम सचेतनाको एउटा माध्यम मात्रै भएकाले हिंसा रोक्न सबैले आत्म मनदेखि नै जागरुकताका साथ लाग्नु पर्ने कार्यक्रमका प्रमुख अथिति तथा नेकपा एमाले केन्द्रीय सदस्य लाल बहादुर थापाले बताएका छन । त्यसै गरि समाजका परम्परागत सोथ तथा अन्धविश्वास तथा परिवर्तन गर्दै सबैले सचेत र हिंसाको रोकथामका लागि सकियताकासाथ लाग्नु पर्ने वडा अध्यक्ष चन्द्र बहादुर थापाले बताए ।

वडा अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको देउडा कार्यक्रममा प्रमुख अथिति नेकपा एमाले केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज लाल बहादुर थापा रहेका थिए ।

त्यस्तै विशिष्ट अथितिमा एमाले प्रदेश कमिटि सदस्य गगन रावल, नेविसंघ बाजुरा अध्यक्ष जनक थापा, बडिमालिका नगर कार्यपालिका सदस्य, ८ नंः वडा सदस्य करे रावल, दल ऐडि र निता बडुवाल रहेका थिए भने अथितिमा वडा सचिव गोरख रावल, सुरक्षा निकायका प्रतिनिधि, राजनितिक दल, स्थानिय तथा पत्रकार लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको सञ्चालन बडिमालिका नगर युवा सञ्जाल सचिव बिरेन्द्र रावले गरेका थिए ।

No description available.

चर्चामा

सम्बन्धित समाचार