सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरा मुस्कुराए मात्र देशको परिर्वतन हुन्छ: महामन्त्री शर्मा

बाजुरा मुस्कुराए मात्र देशको परिर्वतन हुन्छ: महामन्त्री शर्मा

  • मङ्लबार, मंसिर १९, २०८०
बाजुरा मुस्कुराए मात्र  देशको  परिर्वतन हुन्छ: महामन्त्री शर्मा

बाजुरा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको परिर्वतन गर्नका लागि बाजुरा मुस्कुराउन आबस्यक रहेको बताएका छन । मंगलबार बाजुराको सदरमुकाम मार्तडीमा नेपाली काँग्रेस बाजुराद्धारा आयोजित वृहत आम सभालाई सम्बोधन गर्दे महामन्त्री शर्माले यस्तो बताएका हुन । देशका सबै राजनीतिक दलहरू मिलेर अबको १५ वर्षमा देश बनाउने भिजन तयार गर्न आवश्यक रहेको बताएका छन । महामन्त्री शर्माले पुरानो दल एमाले र नयाँ उदय भएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई कटाक्ष गर्दै मिसन ८४ भन्दै विभिन्न अभियान सञ्चालन गर्नु भन्दा देश बनाउने भिजन अवको १५ वर्ष भित्रमा बनाउन आग्रह गरेका छन् ।
देशको परिर्वतनका लागि मिसन ८४ नभइ भिजन ९५ बनाउन आवश्यक रहेको बताएका छन् । काँग्रेसले जनताले दिएको जनमतको कदर गरेर मिसन ८४ नभइ, ८०, ८१ र ८२ को काम गरेर देखाउने बेला आएको उनले बताए । काँग्रेस चुनावका लागि मिसन भनेर हिड्दैन, देश बनाउन भिजनका साथी अघि बढीरहेको उनको भनाई छ ।
वृहत आम सभाका प्रमुख अतिथि समेत रहेका महामन्त्री शर्माले कांग्रेसकै अगुवाईमा नेपालमा भ्रष्टाचारको नियन्त्रणका लागि कानुनहरु निर्माण भएकोे दावी गरेका छन् । कांग्रेसले मिसन ८४ को भन्दापनि ८० को चिन्ता लिएर अगाडी बढीरहेको उनको भनाई छ ।
उनले बाजुराको विकासका सवालमा सदनमा शसक्त ढगले आवाज उठाउने आश्वासन समेत दिएका छन् । नेपाली काँग्रेस बाजुराका पार्टी सभापति रामसिंह रावलको अध्यक्षतामा संचालन गरिएको वृहत आमसभाको प्रमुख अतिथि काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा रहेका थिए ।
कार्यक्रममा पूर्व पार्टी सभापतिद्धय मानबहादुर रावल, कविराज पंडित, पूर्व संविधान सभा सदस्य महाँ नेपाली, प्रदेश सभा सदस्यद्धय माननीय पदमबहादुर शाही, जुना दानी लगायत अतिथि रहेका थिए । पार्टी सचिव तिलकराज पुरीले संचालन गरेको वृहत आमसभामा उपस्थित सवैलाई पार्टी उपसभापति नारायण पाध्यायले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए । सभामा काँग्रेस समर्थक पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार