सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • प्रदेश १
  • कोशीमा तीन मन्त्रीको जिम्मेवारी तोकियो

कोशीमा तीन मन्त्रीको जिम्मेवारी तोकियो

  • आइतवार, मंसिर १७, २०८०
कोशीमा तीन मन्त्रीको जिम्मेवारी तोकियो

विराटनगर– कोशी प्रदेशका तीन मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

मुख्यमन्त्री केदार कार्कीले यसअघि बिना विभागीयको जिम्मेवारीमा रहेका तीन मन्त्रीको जिम्मेवारी तेकेका हुन् ।

जसअनुसार भौतिक पूर्वाधार मन्त्रालयमा कमलप्रसाद जबेगु, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा शम्सेर राई र पर्यटन वन तथा वातावरण मन्त्रालयमा गणेश उप्रेतीलाई जिम्मेवारी तोकिएको छ ।

यसरी जिम्मेवारी तोकिएको तीन मन्त्रीहरू तीन पार्टीका हुन् । जसअनुसार कानुन मन्त्रालयको जिम्मेवारी पाएका राई नेपाली कांग्रेसमा शेखर कोइराला समूहका हुन् भने पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका उप्रेती नेकपा माओवादीका हुन् । त्यस्तै, भौतिक मन्त्रालयका जिम्मेवारी पाएका जबेगु नेकपा एकीकृत समाजवादीका हुन् ।

चर्चामा

सम्बन्धित समाचार