सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनको बन्द सत्र सुरु

कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनको बन्द सत्र सुरु

  • आइतवार, मंसिर १७, २०८०
कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनको बन्द सत्र सुरु

काठमाडौँ– नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनको बन्द सत्र सुरु भएको छ । कांग्रेस लुम्बिनी प्रदेशकाअनुसार बन्दसत्र केहीबेरअघि सुरु भएको हो ।

प्रदेश सम्मेलनमा प्रदेशका कार्यसमितिसहित, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भ्रातृ तथा शुभेच्छुक संस्थाका गरी ७ सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ ।

सम्मेलनमा प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन, महामन्त्री सुरेन्द्रराज आचार्यले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनको हिजो केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार