सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • धुलिखेलस्थित एक घरमा आगलागी, ९ लाखको क्षति

धुलिखेलस्थित एक घरमा आगलागी, ९ लाखको क्षति

  • मङ्लबार, मंसिर १२, २०८०
धुलिखेलस्थित एक घरमा आगलागी, ९ लाखको क्षति

काभ्रे– काभ्रेको धुलिखेलस्थित एक घरमा आगलागी भएको छ । धुलिखेल नगरपालिका–११ बाँनियाछापस्थित बलराम धिमालको घरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार ढुंगामाटोले बनेको तीनतले घरमा आगलागी हुँदा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार