शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • बालश्रम मुक्त स्थानीय तह घोषणा गर्न अनुदान लिन पालिकाहरू इच्छुक देखिएनन्

बालश्रम मुक्त स्थानीय तह घोषणा गर्न अनुदान लिन पालिकाहरू इच्छुक देखिएनन्

  • आइतवार, मंसिर १०, २०८०
बालश्रम मुक्त स्थानीय तह घोषणा गर्न अनुदान लिन पालिकाहरू इच्छुक देखिएनन्

काठमाडौँ — बालश्रम मुक्त स्थानीय तह घोषणा गर्न अनुदानका लागि पुनः प्रस्ताव आह्वान गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहहरूलाई प्रस्तावका लागि पुनः आह्वान गरेको हो ।

यसअघि ६० दिनको समय दिएर गरिएको आवेदनमा पर्याप्त प्रस्ताव आउन सकेको थिएन । त्यसपछि मन्त्रालयले पुनः ४५ दिनको सूचना दिई प्रस्ताव आह्वान गरेको हो ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा बाल श्रम मुक्त स्थानीय तह घोषणाको लागि सशर्त अनुदान शीर्षकमा १०० स्थानीय तहका लागि २ करोड ९९ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

उक्त कार्यका लागि विभिन्न ४० पालिकालाई ३ लाख रुपैयाँका दरले १ करोड २० लाख रुपैयाँ सशर्त अनुदान पठाइसकिएको छ । अन्य स्थानीय तहमा समेत सशर्त अनुदान पठाउनको लागि इच्छुक स्थानीय तहहरू प्रस्ताव पेस गर्न आह्वान गरिएको थियो । तर, त्यो अवधिमा पर्याप्त आवेदन नपरेपछि पुनः प्रस्ताव आह्वान गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

मंसिर ७ गते बसेको सचिवस्तरीय निर्णयअनुसार सूचना प्रकाशित भएको मितिले ४५ दिनभित्रमा प्रस्ताव पेस गर्न भनेको हो । त्यसका लागि बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ मा उल्लेखित शर्त र प्रक्रिया पुरा गरी छनौट भएका पालिकालाई सशर्त अनुदान प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार