मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेपाली सेनामा ठुलो संख्यामा भर्ना खुल्यो, बाजुरामा ५० जनाको कोटा (सुचना सहित)

नेपाली सेनामा ठुलो संख्यामा भर्ना खुल्यो, बाजुरामा ५० जनाको कोटा (सुचना सहित)

  • शुक्रबार, मंसिर ८, २०८०
नेपाली सेनामा ठुलो संख्यामा भर्ना खुल्यो, बाजुरामा ५० जनाको कोटा (सुचना सहित)

बाजुरा– नेपाली सेनाले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार एक सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका पदहरूका लागि दरखास्त आह्वान गरेको हो । जस अन्तरगत धेरै समय पछी बाजुरामा पनी भर्ना हुन पाउने सुचनामा उल्लेख गरिएको छ । बाजुरामा ५० जनाको कोटा निधारण गरिएको छ ।
बाजुरामा सैनिक परिवारबाट २ जना खुल्ला तर्फ २६ जना महिला ५ जना ७जना आदिबासी जनजाती ६ जना मधेशि ,दलित ३ जना १ जना पिक्षे गरि जम्मा ५० जनाका लागि कोटा निधारण गरिएको सुचनामा उल्लेख गरिएको छ । बाजुरामा दुर्गाभन्जन गुल्म मार्तडीमा भर्ना लिइने जनाएको छ । यो बाजुरामा भर्ना र छनौटका लागि दोस्रो पटक हो ।
खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् ।
ट्रेडका फलोअर्स पदहरूको हकमा उम्मेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त आजबाट पुस ७ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले जनाएको छ ।

army

चर्चामा

सम्बन्धित समाचार