सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • चिसो छल्न हिमाली क्षेत्रका भोटेजनजाति गाउँ छोडेर बेशितिर

चिसो छल्न हिमाली क्षेत्रका भोटेजनजाति गाउँ छोडेर बेशितिर

  • बिहिबार, मंसिर ७, २०८०
चिसो छल्न हिमाली क्षेत्रका भोटेजनजाति गाउँ छोडेर बेशितिर

बाजुरा– बाजुराको उत्तरी क्षेत्र, हुम्ला, र मुगुका भोटेजनजाती चिसो छल्न बेसीतिर झरेका छन् । हिमाली क्षेत्रमा चिसो बढेपछि भेडा, च्याङ्गा, गाइबस्तु र परिवार सहित औलतिर झरेका हुन् । यहाँका भोटे जनजातीहरु सधै हिउँदको समयमा जाँडो छल्न औल तिर लाग्ने गरेका छन् ।
हिमपाँत सँगै चिसोबढेपछि कार्तिकको अन्तिम साता देखी बेशी झर्न लागेको भोटे समुदायले जनाएका छन । बसाई सराईका क्रममा उनीहरु बाजुराको दक्षिणी क्षेत्रका बाह्रबिस, कुल्देबमाडौ लगायत अछाम, डोटी र सुर्खेतसम्म पुग्ने गर्दछन् । हिमाली भेगका प्राय जसो बस्तिहरुमा हिमपात हुने र भेडा चराउन समस्या हुने भएका कारण जाडो समयमा बेशीतिर सर्ने गर्दछन ।
बेशिमा गएर व्यापार व्यबसाय गरी आम्दानी गर्न सकिने र चिसो समय विताउन सजिलो हुने भन्दै प्राय भोटे जनजातीहरु सपरिवार सहित एक पछि अर्को बस्तिहरु छोडेर बेशी तिर झरीरहेका छन ।
गाउँमा हिउँदयाममा हिमपात र चिसो हुने भएकाले आफ्नो सम्पति लिएर ६ महिनाको लागि अछामतिर जाने गरेको जनजातीहरुको भनाई रहेको छ । उनी मात्र नभई जिल्लाको उत्तरी क्षेत्र, हुम्ला र जुम्ला बसोबास गर्ने अधिकांश जनजाति (भोटे) केही महिनाको बसाई सर्ने गर्दछन् ।
बाजुरामा मात्र करिब १० हजार बढी जनसंख्या रहेको यस जिल्लाका भोटे जनजातीहरु र अन्य समुदाय बर्षादका चार महिना सम्म उत्तरी भेगमा पर्ने चीन तिर जाने गर्दछन, भने केहि महिना गाँउमा बस्ने गर्दछन् ।

अहिले गाँउनै खाली गरेर भेडाच्याङ्ग्रा सँगै भोटे जनजातीहरु बेशी झर्ने भएपछि बालबालिका पढाई बाट बञ्चित हुने गरेको स्थानियले जनाएका । बाजुरामा मात्र ६ सय चालिस भन्दा बढी परिवारहरु मौसमी बसाई सर्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार