शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रवास
  • वडा अध्यक्षलाई शंकर बिसिको खुला पत्र

वडा अध्यक्षलाई शंकर बिसिको खुला पत्र

  • बिहिबार, मंसिर ७, २०८०
वडा अध्यक्षलाई शंकर बिसिको खुला पत्र

श्री मान अध्यक्ष ज्यु
बुढिगंगा नगरपालीका १० बाजुरा
महोदय ,
उपरोक्त बिसयका सम्बन्धमा एस बुढिगंगा नगरपालिका १० बाजुरामा स्थानीय सरकार चुनियको झन्डै डेड बर्स पुगिसकेको छ र स्थानीय बासिहरुले पनि बिकासको नयाँ अनुबुतिका साथ शिक्षा स्वास्थ्य खानेपानी स्वरोजागार ग्रामीण बिकास गर्नु हुन्छ भनेर युवा नेता को रुपमा हजुर लाई रोज्नु भयको थियो । हामी प्रदेसी दाजुभाइ आफ्नै खर्चमा मतदान गर्नु दिल्ली बम्मइ बाट पनि आफ्नो रोजी रोटी को प्रभाव नगरी पुगेका थियौ।
अध्यक्ष ज्यु आज म पहिलो चिट्ठी हजुर लाई मुम्बई बाट लेख्दै छु नेपाल को सबै वडा अध्यक्ष भन्दा बढी भ्रमणमा नीस्कनु हुन्छ तर हामी पनि तपाईं को सुभ चीन्तक हु भेट्नु हुन्न डेड बर्समा तीन पटक भारत भ्रमणमा आउनु भयो । स्थानीय चुनाव भयको दुइ वर्ष हुन लागेको छ हजुरहरुले घोषणा पत्रमा गरेका बिकासका चुनावी नारा हरु जस्ताका तेस्तै छन हामी बिर्सेका छैनौ । बुडिगंगा नगरपालीका 10 मा पर्ने एउटा सोलाला भन्ने टोल छ बिगत कैयौ बर्ष देखि 25/30 मिनेटको बाटो उकाली ओराली हुँदै गर्वती महिलाहरु बुढा बुढिहरु र स साना बालबालिकाहरु आफ्नो परिवार र आफ्नो प्यास मेटाउन यो २१सौ सतावदी मा प्युने पानीको अभाव मा मर्दै छन । अघिल्लो कार्यकालमा बनेको जाडेपानी खानेपानी योजनामा पनि चरम भरसटाचार भएको खबर समाचार मार्फत पढेको थिएँ।

संसारले त भन्छ नेपाल जलस्रोतमा बिस्वकै धनी देस हो तर ती गाउका 50/60 परिवार गरिब जनताले प्यास मेटाउन शुद्ध पानी पायका छैनन । बासा बिहान एक छाक टार्न १०/१२ बर्सकै छोरा धन कमाउन भारत पठाउछन । हामी पनि यसबाट अछुतो छैन। तेहि पैसाले अफ्नो जिबिकोपार्जन गर्दै आइ रहेका छौ । यति मात्र कहाँ हो र अध्यक्ष ज्यु आज भोलि सहर भन्दा गाउमा ठुला ठुला भ्रष्टाचार शोषक र सामन्त का काम भैरहेका छन । हाम्रो बुडिगंगा नगरपालिकामा प्रतेक वडामा सरकारी स्कुल छन। सबैभन्दा कमजोर पढाइ हाम्रो वडामा छ। सिगाडामा रहेको ठुलो जनसंख्याको आधारमा एउटा मन्टेश्वरी आधारभूत स्कुल थियो। आज त्यो पनि गायब भएको छ। यसको कुनै वास्ता नगरी कार्यकर्ता खुसी पार्न लाग्नु भयो। योजना नजिकका नातागोता तथा कार्यकर्ता पालनमा दिनुहुन्छ।
सडकको स्थिति तेस्तै, खानेपानी उस्तै लथालिङ्ग छ। बन जंगल उजाड छन। तटबन्धन गणाका बान्ना बनेका छन। गाउमा बोर्डिङ प्राइभेट स्कुल पढाउने सबैको हैसियत छैन। तेसैले सरकारी स्कुलमा बिश्वास को वातावरण राम्रो बनाइ पढाइ गराइदिन विनम्र अनुरोध गर्दछु ।
अध्यक्ष ज्यु तेति सम्म मात्र कहाँ छर लुट । गाउमा गतिलो स्वास्थ्य छैन। गाउ टोलमा किल्निक खुलेका छन जहाँ तपाईं हामी इलाज गरि रहन्छौ ती किल्निक हरुमा औसधि लाई पार्ने मुल्य भन्दा ३ गुना महँगो बितरण हुन्छ र एउटा (1)पिस सिटामो को मूल्य ८/देखि१२ रुपैया पर्छ । बनाएको एउटा बर्थिङ सेन्टर गाउभन्दा टाढा बनाएर। आजभोली बादर र बर्खा याममा मुर्रा भैँसी बाध्ने चलन छ।
यस्तो प्रस्थितिमा हाम्रो वडाका का जनताले कसरी आफ्नो जिपिकोपर्जन गर्ने जता गयो उतै विभिन्न बहानामा लुटि रहेका छन ।यि सबै लुट तन्त्रलाइ नियन्त्रणमा ल्याउन हजुर लाई विनम्र अनुरोध गर्द छु धन्यवाद ।।

चर्चामा

सम्बन्धित समाचार