सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • फरार हुन खोजेपछि प्रहरीले चलायो गोली, दुई जना घाइते

फरार हुन खोजेपछि प्रहरीले चलायो गोली, दुई जना घाइते

  • बुधबार, कार्तिक २९, २०८०
फरार हुन खोजेपछि प्रहरीले चलायो गोली, दुई जना घाइते

महोत्तरी : प्रहरीको नियन्त्रणबाट भाग्न खोजेपछि प्रहरी चलाएको गोली लागि दुई जना डकैतहरु घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर जिल्ला सर्लाही लालबन्दी नगरपालिका. वडा नं २ का ३२ वर्षीय शक्ति पासवान र सोही स्थानका ३३ वर्षीय अजय पासवान घाइते भएका हुन् ।  उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । 

जलेश्वरतर्फ प्रहरीको गाडीमार्फत ल्याउने क्रममा फरार हुन खोजेपछि प्रहरीले गोली चलाएको र उनीहरु घाइते भएको महोत्तरीका एसपी प्रकाश मल्लले जानकारी दिए । उनले भने, ‘सर्लाहीको संग्रामपुरमा प्रहरीको गाडी अचानक बिग्रिएकोले जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट अर्को सबारी मगाई उक्त गाडीले महोत्तरीको सिमाना सोनमा गाउँपालिका वडा नं ५ सम्म ल्याई सो गाडीबाट पुन : महोत्तरीबाट आएको अर्को गाडीमा नियन्त्रणमा लिएको व्यक्तिलाई सुरक्षाकर्मीले हाल्न खोज्दा अचानक गाडीबाट हामफाली भाग्न लागेपछि प्रहरीले गोली चलाउन बाध्य भएको हो।’

प्रहरीले चाइनिज पेस्तोलबाट गोली चलाउँदा शक्ति कपुर पासवान र अजय पासवानको बाँया खुट्टाको तिघ्रामा गोली लागि घाइते भएको एसपी मल्लले जानकारी दिए । उनीहरुको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ । उनीहरुमाथि मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २० को दफा २४४ अनुसारको कारवाही प्रक्रिया अगाडि बढाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

प्रहरीको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले जिल्ला रौटहट गरुडा नगरपालिका वडा नं ४ पानी ट्याङकीबाट शक्ती कपुर पासवानको साथबाट कटुवा पेस्तोल थान १ र सो मा लाग्ने गोली थान ४ ( राउण्ड) समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

यस्तो छ आरोप

उनीहरुको समूहले कातिक २० गतेका दिन जलेश्वर नगरपालिका वडा नं ८ सानो रतवाराका भुबनेश्वर चौधरीको घरमा डकैटी गरेका थिए । को मूलढोका लगायतको घरको ढोकाहरुको ताल्चा फुटाइ ७/८ जनाको डाका समूह हातहतियारसहित घरमा प्रबेश गरी घरमा रहेको भुनेश्वर चौधरी, जय किसोर चौधरी, सिमा चौधरी, शैल देबी चौधरीलाई भान्सा कोठामा लगी बन्द गरि डकैती गरेका थिए ।

त्यस्तै उनीहरुले भुनेश्वर चौधरीको टाउकोमा प्रहार गरी रगताम्य पारी घाइते बनाएको र शैल देबीलाई काठाको चिरपटले प्रहार गरी दाहिने हातमा घाइते बनाई घरबाट ४० तोला सुनको गर गहना, चाँदीको ४५ तोलाको गर गहना, मोबाइल आइ फोन थान १, नगद १ लाख ७५ हजार रकम लुटेर लगेको आरोप रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार