आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा तिहारको मौका छोपेर चिनिको कालोबजारी गरेको पाईएमा कार्बाही गरिने

बाजुरामा तिहारको मौका छोपेर चिनिको कालोबजारी गरेको पाईएमा कार्बाही गरिने

  • शुक्रबार, कार्तिक १७, २०८०
बाजुरामा तिहारको मौका छोपेर चिनिको कालोबजारी गरेको पाईएमा कार्बाही गरिने

बाजुरा– तिहारको मौका छोपेर ब्यापारीहरुले चिनीको कालो बजारी गरेमा कानुन बमोजिम कार्बाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले सार्बजनिक सुचना जारी गर्दै कुनै ब्यापारीले कृतम अभाव कालो बजारी गरेको पाईएमा कार्बाही गरिने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडलेको हस्ताक्षेरीत सार्बजनिक सुचना अनुसार शुभ दिपावली, नेपाल सम्बत तथा छटपर्व र आसन्न पर्बहरुमा चिनिको उपभोग बढ्ने भएकोले यही मौका पारी ब्यापारीहरुले चिनीको जम्माखोरी, कृतम अभाव देखाउन सक्ने कुराको मध्यनजर गरी यस्तो नगर्न र नगराउन सार्बजनिक सुचनामार्फत जानकारी गराएको प्रमुख जिल्ला अधिकारी भिमकानन्त पौडेलले बताएका छन ।

जुनसुकै उदेस्यबाट बजारमा चिनिको कृतीम अभाव, कालोबजारी तथा जम्माखोरी नगर्न सबैमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन । साथै गैर कानुनी कार्य गरेको पाईएमा प्रचलित कानुन बमोजिम कार्बाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन ।

May be an image of text

No description available.

चर्चामा

सम्बन्धित समाचार