शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • धनगढीबाट बझाङ भित्रिँदै गरेको बस ठूलो दुर्घटना बाट जोगियो

धनगढीबाट बझाङ भित्रिँदै गरेको बस ठूलो दुर्घटना बाट जोगियो

  • शुक्रबार, कार्तिक ३, २०८०
धनगढीबाट बझाङ भित्रिँदै गरेको बस ठूलो दुर्घटना बाट जोगियो

अर्थ जङ्ग शाही/बझाङ– धनगढीबाट बझाङ जादै गरेको बस ठूलो दुर्घटनाबाट जाेगिएकाे छ । ना६ख१९८३ नम्बरको कर्णाली रिभर यातायातको बस बझाङको सुबेडामा ठूलो दुर्घटना हुनबाट जाेगिएकाे हो ।

बसको अगाडीको पट्टा भाँचिनगई बस सडकबाट भीरतर्फ मोडिएको थियो । बसका अन्य यन्त्रले सही तरिकाले काम गरेको हुनाले दुर्घटनाबाट बचेको प्रत्यक्षदर्शीले बताएका छन्। बसमा सामान्य क्षति पुगेको छ भने यात्रुहरु सकुसल रहेको बताइएको छ ।

सो ठाउमा फराकिलो सडक नहुँदा अहिले यातायात समेत ठप्प रहेको छ । केहिबेरमा मेसिन आएपछी गाडी तानेर सडक सुचारु  भएको छ ।

चर्चामा

सम्बन्धित समाचार