सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • न्यू भिजन बहुउद्देश्यीय सहकारीले पर्यटन प्रबद्धन देखी स्थानिय उत्पादनको बजारीकरण सम्म

न्यू भिजन बहुउद्देश्यीय सहकारीले पर्यटन प्रबद्धन देखी स्थानिय उत्पादनको बजारीकरण सम्म

  • आइतवार, अशोज २८, २०८०
न्यू भिजन बहुउद्देश्यीय सहकारीले पर्यटन प्रबद्धन देखी स्थानिय उत्पादनको बजारीकरण सम्म

बाजुरा– सदरमुकाम मार्तडीमा रहेको न्यू भिजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पर्यटन प्रबद्धन संगै स्थानिय उत्पादनको बजारीकरण गर्दै आएको छ । सहकारीको सिद्धान्त अनुसार निम्न आय भएका सर्वसधारण व्यक्तिहरूलाई सीपमुलक आयआर्जन कार्यक्रम लगायत अन्य कार्यक्रमहरुमा सरिक गराई उनीहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थामा सुधार गर्ने उद्देश्यले न्यू भिजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सो कार्य गर्दै आएको हो ।

आर्थिक विकास सूचकांकका हिसाबले पछाडी रहेको बाजुरा जिल्ला धार्मीक तथा पर्यटकीय गन्तव्यका हिसाबले प्रसिद्ध जिल्ला भए पनि प्रचार प्रशारको कमिभएकोले सो क्षेत्रको प्रचार प्रशार गर्ने काम सहकारीले गरिरहेको छ ।
बाजुरा जिल्लामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य मध्ये बडीमालिका, बुढिनन्दा, कालाजग्रा, खप्तड, पादुका धाम, सम्भुसुनन्दा, छेडेदह तालहरुमा कसरी पुग्ने र पुर्याउने भन्ने बिषयमा जानकारीमुलक पोष्टर पम्पलेट तयार गरि प्रचार प्रशारमा लागेको सहकारीका लेखा संयोजक मेघराज शाहीले बताए ।

No description available.
नेपालको सबै लामो कणर्ाली नदी जस्ता पर्यटकीय क्षेत्रहरुको धेरै सम्भावना भएको जिल्लामा परिचित जसमा यस सहकारीको कार्यक्षेत्रमा भित्र पर्ने धार्मीक तथा पर्यटकीय गन्तव्यहरु बडिमालिका, कालाजग्रा र बिरेखोला झरना जस्ता सम्भावना बोकेका पर्यटकीय गन्तव्यहरुसम्म पुग्नका लागि सहजीकरण गरिरहेको उनले बताए । न्यू भिजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बडिमालिका भर्मण गर्ने आउने आन्तरीक तथा बाह्य पर्यटकहरुलाई सहजरुपमा आवत जावतका लागी ट्राभल एजेन्सीका रूपमा काम गर्दै आईरहेको शाहीको भनाई रहेको छ ।
आज सम्म सहकारीले ३६ जनाको (८ओटा टिम) बडिमालिका सफलताका साथ भ्रमण गराईसकेको सहकारीले जनाएको छ । जसबाट प्रत्यक्षरुपमा बडिमालिका नगरपालिकाका १९ जना युवाहरुले रोजगारी पाएका छन । आगामी दिनहरूमा पनि थप ससक्त भई आफ्नो व्यवसाय अगाडी बडाउने योजना बनाएको सहकारीले जनाएको छ ।

No description available.
त्यसै गरि सहकारी संस्थाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै बजारिकरणको काम गरीरहेको जनाएको छ । कृषी ज्ञान केन्द्रको आर्थिक सहयोगमा आलु लगायतका तरकारीहरुको समेत बजारीकरण गरिरहेको सहकारीले जनाएको छ । अहिले बुढिन्नदा नगरपालिका वडा नं.०९ मा उत्पादित अर्गानिक हाईडेन्सीटि,गाला र गोल्डेन जातका १६ कुन्टल स्याउ बजारीकरण गरिरहेको जनाएको छ ।
सहकारीले आगामी दिनहरूमा स्थानिय सरकारसंग हातेमालो गर्दौ स्थानीय उत्पादनलाई जस्तै सिमी ,मास,गहत, कोदो,फापर, टिमुर, भाँगो, तिरखुलो, सिस्नुको पाउडर ,रातो चामल, चिनु, कागुनु र फापर आदी स्थानिय उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण गर्ने योजना रहको जनाएको छ । सहकारी ऐन २०७४ को दफा ३ अनुसार न्यू भिजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाजुरा जिल्ला बडिमालिका नगरपालिकाको कार्यालयमा मिति २०७९ माघ २२ मा दर्ता भएको हो ।

चर्चामा

सम्बन्धित समाचार