बिहिबार, असार १८, २०८३
  • होमपेज
  • समाचार
  • धनगढीबाट दार्चुला हिँडेको जिप बैतडीमा दुर्घटना

धनगढीबाट दार्चुला हिँडेको जिप बैतडीमा दुर्घटना

  • आइतवार, अशोज २८, २०८०
सेयर गर्नुहोस् :
धनगढीबाट दार्चुला हिँडेको जिप बैतडीमा दुर्घटना

धनगढीबाट दार्चुलाका लागि हिँडेको जिप बैतडीमा दुर्घटना भएको छ। जिल्लाको पाटन नगरपालिका–६ हिरापूर नजिक (टि–टाईम) जिप दुर्घटना भएको हो। धनगढीबाट दार्चुलाको लागि हिडेको म १ ज २६० नम्बरको जिप आइतवार बिहान साढे ५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिपमा सवार ४ जना यात्रुहरूलाई सामान्य चोट लागेको छ। अपिहिमाल गाउँपालिका दार्चुलाका पूर्व उपाध्यक्ष उर्मिला बोहरा, उनका श्रीमान करबिरसिंह बोहरा अन्य २ यात्रुहरू सामान्य घाइते भएकाछन्। हिक्मत कार्की र एक अर्का यात्रुको टाउकोमा चोट लागेको छ ।
जिप ७ जना यात्रु बोकेर हिजो शनिवार साँझ धनगढीबाट हिँडेको थियो। सडक पेटीमा रोकिएका कारण दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार