शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • कोशीमा कांग्रेस संसदीय दलको नेताबाट थापाको राजीनामा

कोशीमा कांग्रेस संसदीय दलको नेताबाट थापाको राजीनामा

  • शनिबार, अशोज २७, २०८०
कोशीमा कांग्रेस संसदीय दलको नेताबाट थापाको राजीनामा

मोरङ — कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । उनी पार्टीका प्रदेश सभापति समेत हुन् । पदबाट राजीनामा दिँदै उनले आफूले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका छन् ।

पार्टी र प्रदेशसभा संसदीय दलको निर्णय विपरीत पार्टीले विद्रोह गरेर उम्मेदवार बनेका सांसद केदार कार्कीलाई मुख्यमन्त्री मान्न तयार भएपछि थापाले आफूले नैतिकताका हिसाबले पदबाट राजीनामा दिएका हुन् ।

थापा आफैं मुख्यमन्त्रीको दाबेदार थिए । मुख्यमन्त्रीका लागि दुई पटकसम्म विश्वासको मत लिन प्रयास गर्दा पनि नपाएका थापाले यसअघि भने संसदीय दलको नेता समेत छोड्न तयार भएका थिएनन् ।

चर्चामा

सम्बन्धित समाचार