मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • देश
  • कोशी प्रदेशको मुख्यमन्त्रीबारे राप्रपा तत्कालका लागि तटस्थ बस्ने

कोशी प्रदेशको मुख्यमन्त्रीबारे राप्रपा तत्कालका लागि तटस्थ बस्ने

  • शुक्रबार, अशोज २६, २०८०
कोशी प्रदेशको मुख्यमन्त्रीबारे राप्रपा तत्कालका लागि तटस्थ बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी गरेका दुबै पक्षको समर्थन नगर्ने भएको छ।

आज बिहान बसेको राप्रपा पदाधिकारी बैठकले दुबै पक्षमा ४७/४७ जनाको हस्ताक्षर भएकाले तत्कालका लागि कुनै पनि पक्षमा नलाग्ने निर्णय गरेको हो।

अहिले तटस्थ बस्ने र पछि आवश्यक परे थप निर्णय गर्ने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

‘हामीले सुरूदेखि उनीहरूलाई पहिले तपाईंहरू मिलाउनुस् भनिरहेका छौं, पहिले उनीहरूले नै मिलाऊन्,’ अध्यक्ष लिङ्देनले भने, ‘पछि अर्को निर्णय आवश्यक पर्यो भने फेरि निर्णय गर्छौं।’

कोशी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बो र एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए। प्रदेश प्रमुख पर्शुराम खापुङले आज साँझ पाँच बजेसम्म दाबी प्रस्तुत गर्न समय दिएका थिए।

चर्चामा

सम्बन्धित समाचार