मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • देश
  • कोशीको मुख्यमन्त्रीमा माओवादी नेता आङ्बोको दाबी पेश

कोशीको मुख्यमन्त्रीमा माओवादी नेता आङ्बोको दाबी पेश

  • बिहिबार, अशोज २५, २०८०
कोशीको मुख्यमन्त्रीमा माओवादी नेता आङ्बोको दाबी पेश

 कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् । बिहीबार साँझ कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा उनी प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।

उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन छ ।

बिहीबार नै नेपाली कांग्रेसका नेता केदार कार्की पनि मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । उनले कांग्रेसकै ८ र एमालेका ३९ सांसदको हस्ताक्षर लगेका छन् ।

चर्चामा

सम्बन्धित समाचार