बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश
  • विदेशमा रहेका नेपालीको मतदाता नामावली दर्तासम्बन्धी कार्यविधि तयार

विदेशमा रहेका नेपालीको मतदाता नामावली दर्तासम्बन्धी कार्यविधि तयार

  • बिहिबार, अशोज २५, २०८०
विदेशमा रहेका नेपालीको मतदाता नामावली दर्तासम्बन्धी कार्यविधि तयार

काठमाडौँ —निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदा तयार गरेको छ । आयोगले प्रारम्भिक मस्यौदा तयार गरी त्यसमाथि सरोकारवालाबाट सुझाव माग गरेको हो ।

आयोगले विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकहरुलाई विदेशबाटै मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि ‘विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ को मस्यौदा तयार भएको भन्दै त्यसमाथि सरोकारवालाबाट सुझाव मागेको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो मस्यौदा आयोगको वेबसाइटमा सार्वजनिक गरिएको र त्यसमाथि सरोकारवालाले सुझाव उपलब्ध गराउन सक्ने आग्रह गरे ।

‘विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकहरूलाई विदेशबाटै मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि “विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०” को मसौदा तयार भई सुझाव सङ्कलनका लागि आयोगको वेबसाइटमा राखिएको छ,’ आयोगले भनेका छ, ‘मस्यौदामा रहेका विषयहरुमा थपघट गर्न चाहने विदेश वा स्वदेशमा रहेका नेपाली नागरिक, गैरआवासीय नेपाली संघ तथा अन्य सरोकारवालाहरूले कार्तिक मसान्त भित्र राय सुझाव उपलब्ध गराउनुहुन अनुरोध छ ।’

सो मस्यौदामा विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि मुलुक तोकी उक्त मुलुकको सम्बन्धित कुटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, मतदाता नामावली दर्ता गर्ने प्रयोजनका लागि दर्ता कर्मचारी तोक्न आयोगले परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने व्यवस्था रहेको छ ।

विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणाली मार्फत फारम भरी जैविक (बायोमेट्रिक) विवरण दिनका लागि आफूलाई पायक पर्ने स्थान र मिति प्रणालीबाट छनोट गर्न सक्ने मस्यौदामा उल्लेख छ ।

जैविक विवरण दिएपछि सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा नाम दर्ता गरिने व्यवस्था कार्यविधिको मसौदामा रहेको छ भने त्यसरी दर्ता भएका व्यक्तिहरूको विवरण अन्तिम मतदाता नामावली प्रकाशन हुने समयमा आयोगमा प्राप्त गरी अद्यावधिकको प्रक्रियामा लाने व्यवस्था मस्यौदामा गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार