सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • बाजुराको अर्गानिक स्याउ धनगढीमा, आजदेखि बसपार्कबाट बिक्री सुरु

बाजुराको अर्गानिक स्याउ धनगढीमा, आजदेखि बसपार्कबाट बिक्री सुरु

  • बिहिबार, अशोज २५, २०८०
बाजुराको अर्गानिक स्याउ धनगढीमा, आजदेखि बसपार्कबाट बिक्री सुरु

बाजुरा— गत साेमबार बाजुराका किसानको बारी बाटै अनुदानमा ढुवानी गरिएकाे अर्गानिक स्याउ आज धनगढी पुगेको छ।  धनगढी पुगेकाे अर्गानिक स्याउ विहिबारबाट धनगढी  बसपार्कबाट प्रती केजि १ सय २० रुपैयाँमा स्याउ बिक्रि हुन थालेकाे हाे ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको स्याउ स्थानीय तह र कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदानमा धनगढी ल्याइएको हो। गाउँपालिका र कृषि ज्ञान केन्द्र बाजुराको ४०र ४० प्रतिशत र फ्यूचर स्याउ कृषक समूहको २० प्रतिशत ढुवानी अनुदानमा किसानको स्याउ धनगढी पुगाइएको फ्यूचर स्याउ कृषि समूहका अध्यक्ष धनबहादुर रोकायाले बताए।

बाजुरामा ३७० हेक्टरमा स्याउ खेती गरिएको छ। यो वर्ष २० मेट्रिकटन स्याउ धनगढी पुगाउने लक्ष्य राखिएको छ। यो वर्ष बाजुरामा एक हजार १३७ मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ। बाजुरामा प्रति हेक्टर ६ दशमलव ५ मेट्रिकटन स्याउ उत्पादन हुदै आएकाे छ।

बाजुराका किसानको स्याउको बजारीकरणमा स्वामीकार्तिक खापर गाउँपालिका,कृषि ज्ञान केन्द्र बाजुरा, जिआइजेटरएलपिइडी र ग्रीप परियोजनाको पनि आर्थिक सहयोग रहेको कृषक समूहका अध्यक्ष धनबहादुर रोकायाले बताए।

बाजुराको स्याउ धनगढी ल्याउन कर्णाली प्रदेशको दैलेख, सुर्खेत हुँदै लुम्बिनी प्रदेशको बाँके र बर्दिया भएर कैलाली पुग्नु परेको किसान कर्ण रोकायाले बताए। गाउँपालिकासम्म ट्रक चल्ने सडक नभएकाले कर्णाली प्रदेश हुँदै धनगढी पुग्नु परेको रोकायाले बताए। स्तरीय सडक नहुँदा ग्रामीण क्षेत्रको कृषि उपजको बजारीकरणमा समस्या भएको रोकायाले बताए।

बिहीबार बिहानबाट नै बाजुराको स्याउको बिक्री सुरु भएको छ। अर्गानिक स्याउको मूल्य प्रति किलोग्राम १३० रुपैयाँका तोकिएको छ। बाजुराको स्याउको बजारीकरणमा प्रदेश सरकारको सहयोग रहने कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले बताए। उनले कृषिबाट आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेकाले कृषि उपजको उत्पादन र बजारीकरणमा सहयोग रहने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार