बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश
  • इजरायलबाट नेपालीको उद्धार गरी नेपाल एयरलाइन्सको विमान राति ९ बजे फर्किने

इजरायलबाट नेपालीको उद्धार गरी नेपाल एयरलाइन्सको विमान राति ९ बजे फर्किने

  • बिहिबार, अशोज २५, २०८०
इजरायलबाट नेपालीको उद्धार गरी नेपाल एयरलाइन्सको विमान राति ९ बजे फर्किने

काठमाडौं— इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने भएको छ ।

आतंकवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान ४ बजे नेपाल एयरलाइन्सको विमान काठमाडौंबाट उडेको थियो ।

परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा त्यसतर्फ गएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाल फर्कन चाहनेहरुलाई लिन दुई सय ५० सिट क्षमता भएको विमान इजरायल गएको जानकारी दिइन् ।

उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका थिए । एक जनाको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण संकलन गरिरहेको छ ।

शव ल्याउन केही ढिलाइ हुने

इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको अवस्थामा ज्यान गुमाएकाको शव हस्तान्तरणमा कानुनी प्रक्रिया पूरा नभएकाले तत्काल शव ल्याउन कठिन भएको छ । इजरायल सरकारले शल्यपरीक्षणलगायत सबै कानुनी प्रक्रिया पूरा भएपछि यथाशक्य चाँडो शव ल्याइने प्रवक्ता लम्सालले बताए ।

चर्चामा

सम्बन्धित समाचार