मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • प्रदेश १
  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा राजीनामा

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा राजीनामा

  • शनिबार, अशोज २०, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा राजीनामा

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएका छन्। प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामाको घोषणा गरेका हुन्। राजीनामा दिँदै उनले कोशी प्रदेशमा राजनीतिक स्थायित्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए।

प्रदेश मध्यावधिमा नजाओस् भनेर आफूले राजीनामा दिएको उनले बताए। प्रदेश सरकार गठनका क्रममा संविधान मिचिँदा सर्वोच्च गएर व्याख्या गर्नुपरेको उनले बताए। ‘म दुई पटक अदालत जानु पदका लागि होइन। कोशी प्रदेशको राजनीति जटिल मोडमा पुगेको उनले बताए।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार नियुक्त भएका मुख्यमन्त्रीले विश्वासको मत नपाए उपधारा ५ अनुसार नेतृत्वमा दाबी गर्न नपाउने कानून व्यवसायीले सुझाव दिएपछि उनले विश्वासको मत परीक्षण नगरी राजीनामा दिएका हुन्। सर्वोच्च अदालतको आदेशअनुसार उनी संविधानको धारा १६८ (३) अनुसार गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

चर्चामा

सम्बन्धित समाचार