शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • आयोग गठनमा सहमति जुटेपछि एमालेले संसद अवरोध नगर्ने

आयोग गठनमा सहमति जुटेपछि एमालेले संसद अवरोध नगर्ने

  • आइतवार, अशोज १४, २०८०
आयोग गठनमा सहमति जुटेपछि एमालेले संसद अवरोध नगर्ने

काठमाडौँ —सुन तस्करी छानविनका लागि गठन गर्ने आयोगको कार्यदेशमा सहमति जुटेसँगै नेकपा एमालेले सदन अवरोध नगर्ने भएको छ ।आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको छलफलमा आयोगको कार्यदेशबारे सहमति जुटेको थियो ।

उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग बनाउने र उक्त आयोगले तीन महिनामा तस्करी नियन्त्रणमा आवश्यक सुझाव दिन नेताहरुबीच सहमति जुटेको थियो । आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक अघि सरकारले आयोग गठनको घोषणा गर्ने भएपछि एमालेले सदन अवरोध गर्न जरुरी नभएको जनाएको छ ।

‘बैठकअघि आयोग घोषणा हुन्छ, सहमतिअनुसार आयोग घोषणा भएपछि सदन अवरोध गर्न जरुरी हुँदैन’, एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

चर्चामा

सम्बन्धित समाचार